2026-07-24 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL: शिर्ष स्थानको हैदरावादलाई हराउँदै ब्यांग्लोर पाँचौं स्थानमा उक्लियो (अंक तालिका सहित)

जेठ ४, काठमाडौँ | आइपिएल एघारौं सिजन अन्तर्गत बिहिबार राति भएको ५१ औं खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोरले सिजनकै शिर्ष स्थानमा रहेको सनराइजर्स हैदरावादलाई १४ रनले पराजित गरेको छ । 

घरेलु मैदान एम चिन्ना स्वामी स्टेडियममा टस हारेर पहिले व्याटिङ्गको निम्तो पाएको बेंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । जसमा ब्यांग्लोरका लागि एबी डिभिलियर्सले सर्वाधिक ६९ रन बनाएका थिए । उनले १२ चौका र १ छक्का प्रहार गरे भने मोइन अलीले २ चौका ६ छक्कासहित ६५ रन जोडेका थिए ।

त्यस्तै कोलिन डि ग्राण्डोम्मले १ चौका र ४ छक्कासहित ४० रन बनाएका थिए । त्यस्तै शर्फराज खानले २२ रन जोड्दा कप्तान विराट कोहली १२ रनमा आउट भएका थिए । ब्यांग्लोरलाई समेट्ने क्रममा बलिङतर्फ रसिद खानले ३ विकेट लिए बहने सिद्धार्थ कोलले २ तथा सन्दिप शर्माले १ विकेट लिएका थिए । 

त्यसपछि ब्यांग्लोरले दिएको २१९ रनको लक्ष्य पछ्याउने क्रममा सनराइजर्स हैदरावादका लागि शिखर धवनले १५ बलमा १८ रन जोडे । त्यस्तै अलेक्स हेल्सले २४ बलमा ३७ रन बनाए । हैदरावादको लागि कप्तान विलियमसन र मनिष पाण्डेले फराकिलो साझेदारी गरे । खेलमा कप्तान विलियमसन अन्तिम ओभरको पहिलो बलमा आउट भए । उनले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८१ रन जोडेका थिए । कप्तान बाहिरिएपछि हैदरावादको हातबाट खेल गुम्न पुग्यो । त्यस्तै खेलमा मनिष पाण्डेले नट आउट ६१ रन बनाए | यससँगै हैदरावादले पुरा २० ओभरको खेलमा ३ विकेट लिएर २०४ रन मात्र जोड्यो । फलस्वरूप रोयल च्यालेन्जर्स हैदरावादले खेल १४ रनले जित्यो । 

हैदरावादको विकेट लिने क्रममा ब्यांग्लोरका मोहम्मद सिराज, युज्वेन्द्र चाहाल र मोइन अलिले १/१ विकेट लिए | विकेटकै शिलशिलामा ब्यांग्लोरका एवि डेभिलियर्सले सानदार क्याच गरेका थिए | 

गर या मरको स्थितिमा रहेको ब्यांग्लोरले बिहिबारको जितसँगै अन्तिम ४ मा पुग्ने आफ्नो सम्भावना कायमै राखेको छ | खेलमा ७ औं स्थानमा रहेको ब्यांग्लोर अब ५ औं स्थानमा उक्लिएको छ | अब उसको स्थानमा किंग्स इलाभेन पंजाव पुगेको छ | खेलमा यस अघि नै हैदरावाद र चेन्नई क्वालीफाई भईसकेका छन् | अब आज बेलुका आइपिएल खेलमा दिल्ली डेयर डेभेल्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक