2026-06-26 03:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपीएल: राजस्थानद्वारा बेंग्लोर १९ ओभरमै अल आउट, राजस्थान चौथो स्थानमा

जेठ ५, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत ५३ औं खेलमा आज राजस्थान रोयल्सले घरेलु मैदानमा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई ३० रनले पराजित गरेको छ । राजस्थानले प्रस्तुत गरेको १६५ रनको लक्ष्य ब्यांग्लोरले पुरा गर्न नसक्दै १९ ओभरमै अल आउट भई पराजित भएको हो ।

सवाई मानसिंह स्टेडियम जयपुरमा टस जितेर व्याटिङ्ग गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।  राजस्थानका लागि राहुल त्रिपाठीले नटआउट ८० रन बनाए। ५८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । 


कप्तान अजिक्य रहाणेले ३ चौकासहित ३३ र हेनरिच क्लासेनले ३ चौका र १ छक्कासहित ३२ रन जोडे। बलिङतर्फ उमेश यादवले ३ विकेट लिएका थिए ।

१६५ रनको बिजयी लक्ष्य पछ्याउँदै खेलमा उत्रिएको ब्यांग्लोरका लागि सर्वाधिक ५३ रन बनाए भने पार्थिव पटेलले ३३ रन जोडेका थिए । कप्तान बिराट कोहली आज जम्मा ४ रन मात्र बनाएर आउट भएका थिए । बाँकी खेलाडीले राम्रो रन जोड्न सकेनन् । 

ब्यांग्लोरको विकेट लिने क्रममा राजस्थानका श्रेयस गोपालले ४ विकेट लिए भने जय देव उनदकट र बेन लहुलिनले २२/ विकेट र क्रिश्नप्पा गौतम र इश सोधीले १/१ विकेट लिएका थिए । 


आजको खेलमा जित दर्ता गर्दै राजस्थान रोयल्स १४ प्वाइन्ट सहित चौथो स्थानमा उक्लिएको छ भने रोयल च्यालेन्जर्स ब्यांग्लोर छैटौं स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित