2026-06-26 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिपद्वारा मुम्बईका यादव, पोलार्ड र कुर्णाल पाण्डे सहित ३ जनाको विकेट

जेठ ६, काठमाडौँ | इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली डेरडेभिल्स र मुम्बइ इण्डियन्सबीच खेल हुँदैछ । जारी खेलमा पहिलो ओभरमै सन्दिप लामिछानेले मुम्बईको ३ विकेट लिएका छन् । 

यस अघि दिल्लीले २० ओभरको खेलमा ४ विकेट गुमाई मुम्बईलाई १७५ रनको लक्ष्य दिएको थियो । सन्दिपले मुम्बईका ओपनर शुर्य कुमार यादव, पोलार्ड र कुर्णाल पाण्डे सहित ३ जनाको विकेट लिएका हुन् | सन्दिपले बलिङ गर्दा १ चौका र १ छक्का हानेका यादवको विकेट लिनु सन्दिपको आइपिएलमा लगातार तेश्रो सफलता हो ।

खेल दिल्लीको फिरोज साह कोटला रंगशालामा हुँदैछ ।आजको खेल जित्नुपर्ने दवाब दिल्लीलाई छैन किनकी दिल्ली यस अघिनै आइपिएल सिजन ११ को अन्तिम ४ मा पुग्ने सम्भावनाबाट बाहिरिईसकेको छ । दिल्लीको लागि आजको खेल अन्तिम हो । दिल्ली आजको खेल आफ्नो प्रतिष्ठाको लागि खेल्दैछ । तर मुम्बईको लागि आजको खेल जित्नु निकै आवश्यक छ । अन्तिम ४ मा पुग्नको लागि उसले आज दिल्लीलाई जित्नैपर्ने दवाब छ । 

अन्तिम ४ मा पर्न बाट चुकिसकेको दिल्लीलाई आजको खेल जित्नु निकै सम्मानजनक खेल हुनेछ भने मुम्बईलाई आजको खेल गर या मरको खेल हो | आज दिल्लीको घरेलु मैदान भएकाले दिल्लीको समर्थनमा हजारौँ दर्शकको साथ हुनेछ, त्यसोत मुम्बईको लागि पनि महत्वपूर्ण खेल भएकाले दर्शकको उतिक्कै बाक्लो उपस्थिति छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ