2026-07-24 08:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीको सानदार जित, सन्दिपको ३ विकेट: म्यान अफ द म्याच अमितलाई कि सन्दिपलाई ?

जेठ ६, काठमाडौँ | इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत आज दिल्ली डेरडेभिल्सले मुम्बइ इण्डियन्सलाई ११ रनले पराजित गरेको छ । खेलमा सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिएका छन् । 

खेलमा १७६ रनको लक्ष्य पछ्याएको मुम्बईलाई १९.३ ओभरमै अल आउट गराई दिल्लीले आइपिएल अन्तिम ४ मा पुग्ने सम्भावना टुटाईदिएको छ | खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरको खेलमा ४ विकेट गुमाई मुम्बईलाई १७५ रनको लक्ष्य दिएको थियो । सन्दिपले मुम्बईका ओपनर शुर्य कुमार यादव, काइरन पोलार्ड र कुर्णाल पाण्डे सहित ३ जनाको विकेट लिए भने अमित मिश्राले पनि समान ३ विकेट लिए | त्यस्तै ट्रेन्ट बोल्ट र हर्षल पटेलले १/१ विकेट लिए | 

दिल्लीको फिरोज साह कोटला रंगशालामा भएको खेलमा दिल्लीको लागि ओपनर पृथ्वी सावले १२ रन, ग्लेन म्याक्सवेलले २२ रन, श्रेयस एयरले ६ रन ल्याउदा सर्वाधिक रन रिशव पन्तले ६४ रन जोडे | पन्तले ४४ बलमा ४ चौका ४ छक्का प्रहार गरेका थिए | त्यसपछि विजय शंकर र अभिशेक शर्माले क्रमश ४३ र १५ रन जोडेका थिए | 

दिल्लीको ४ विकेट गिराउने क्रममा मुम्बईका कुर्णाल पाण्डे, जसप्रित बुम्राह र मायंक मार्कन्डेले १/१ विकेट लिएका थिए | 

त्यसपछि १७६ रनको लक्ष्य पछ्याउंदै ब्याटिङमा उत्रिएको मुम्बईका लागि सूर्यकुमार यादवले १२ रन बनाई आउट भए | ईभिन लुइसले ४८ रन, इशान किसनले ५ रन, केइरन पोलार्डले ७ रन, रोहित शर्माले १३ रन र कुर्णाल पाण्डे ४ रन मात्र बनाएर आउट भए | त्यस्तै मयंक मर्कंडे ३ रन मात्र बनाएर आउट भएका थिए | अन्तिम ओभरमा मुम्बईलाई जिताउने आशा गरिएका बेन कटीङ ३७ रन बनाएर आउट भए | त्यसपछि अन्तिम ओभरमा बेन कटीङको विकेट लगत्तै दिल्लीले अर्को विकेट लियो र मुम्बई अल आउट हुँदै पराजित हुन पुग्यो | 

खेलमा म्यान अफ द म्याच अमित मिश्रा घोषित भए | खेलमा अमितले कम रन दिएर ३ विकेट लिएका थिए | 

त्यस्तै दिल्ली आफ्नो अन्तिम खेलमा सन्दिपको खेललाई महत्वपूर्ण मान्दै यस्तो ट्विट गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक