२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL: टुंगो लाग्यो अन्तिम ४ टिम, चेन्नईद्वारा पन्जाव ५ विकेटले पराजित (को-को बाहिरिए ?)

२०७५, ६ जेष्ठ आईतवार १८:५१

जेठ ७, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत ५६ औं खेलमा चेन्नई सुपर किंग्स र किंग्स ईलाभेन पन्जावबीच भएको खेलमा पंजाव ५ विकेटले पराजित भएको छ | खेलमा पन्जावको पराजयसँगै राजस्थान रोयल्स १६ प्वाइन्ट सहित अन्तिम चारमा पुगेको छ | साथै मुम्बई इन्डीएन्स पन्जाव, रोयल च्यालेन्जर्स ब्यांग्लोर, किंग्स ईलाभेन् पंजाव र दिल्ली डेयरडेभल्स आइपिएल सिजन ११ बाट बाहिरिएका छन् | 


आइपिएल सिजन ११ मा प्लेअफमा क्रमश सनराइजर्स हैदरावाद, चेन्नई सुपरकिंग्स, कोलकाता नाइटराइडर्स र राजस्थान रोयल्स पुगेका छन् | अब यी चार टिमको खेलहरु हुनेछन | अब मंगलबार हुने खेलमा सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्स भिड्नेछन् | 

आजको खेलमा पहिले ब्याटिङ गर्दै किंग्स इलेभन पञ्जाबले चेन्नई सुपर किंग्ससामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको पञ्जाब १९.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनमा समेटियो। प्लेअफमा प्रवेशको लक्ष्यसहित मैदानमा उत्रिएको  पञ्जाबको व्याटिङ्ग चेन्नईविरुद्ध खराब रह्यो।

करुण नायरले २६ बलमा ३ चौका र ५ छक्कासहित ५४ रन, मनोज तिवारीले ३ चौका र १ छक्कासहित ३५ तथा डेभिड मिल्लर २४ र अक्षर पटेलले १४ रन बनाउनु बाहेक पञ्जाबका अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। आश गरिएका केएल राहुल ७ तथा क्रिश गेल शून्यमा आउट भए । बलिङतर्फ लुंगी नगिदीले पञ्जाबका ४ विकेट लिएका थिए ।


जवाफमा ब्याटिङ गरेको चेन्नईले पंजावले दिएको लक्ष्य १९.१ ओभरको खेलमा पुरा गर्दै आफ्नो आइपिएल प्वाइन्ट सनराइजर्स हैदरावाद बराबर पार्न सफल भयो | तर रनरेटको आधारमा चेन्नई दोश्रो स्थानमै छ | आजको खेलमा चेन्नईका लागि सुरेश रैना नटआउट सर्वाधिक ६१ रन जोडे, उनले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए | त्यस्तै खेलमा अर्को महत्वपूर्ण स्कोर दिपक चाहरले जोडे | उनले २० बलमै ३९ रन जोडेर अन्तिममा निकै अफ्ट्यारो अवस्थामा पुगिसकेको चेन्नईलाई जितको लागि सहज बनाए | त्यस्तै खेलमा कप्तान महेन्द्र सिंह धोनीले नट आउट रही ७ बलमै १६ रन जोडेर पंजावले दिएको लक्ष्य ५ बल बाँकी छँदै पुरा गरे | चेन्नईको ५ विकेट पतन गराउने क्रममा चेन्नईका अंकित राजपुत र रभीन्द्रन आश्विनले समान २/२ विकेट लिए भने मोहित शर्माले १ विकेट लिएका थिए | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी