2026-07-24 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हैदरावादलाई २ विकेटले पराजित गर्दै चेन्नई आइपीएलको फाइनलमा

जेठ ८, मुम्बई | चेन्नई सुपर किंग्स एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गरेको हो । खेलमा सुरुमा ब्याटिङ गरेको हैदरावादले दिएको १४० रनको लक्ष्य चेन्नईले अन्तिम ओभरको ५ बल बाँकी छँदै ८ विकेट गुमाएर पुरा गरेको हो ।   

पहिलो प्लेअफ खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्ससामु १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । चेन्नईविरुद्ध हैदरावादको व्याटिङ्ग सुरुदेखि नै खराब रह्यो । अनुभवी व्याट्सम्यान शिखर धवनलाई शून्य रनमा गुमाएको हैदरावादले कप्तान केन विलम्सनलाई २४ रनमा गुमायो । उनले ४ चौका प्रहार गरे । तर, सातौं नम्बरमा व्याटिङ्गका लागि मैदानमा उत्रिएका कार्लोस ब्रेथवेटले टिमको स्कोर सम्हाल्दै नटआउट ४३ रन जोडे। २८ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे । 

खेलमा युसुफ पठान २४, श्रीभत्स गोस्वामी र शकिब अल हसनले १२–१२ रन जोडे । बलिङतर्फ चेन्नईका ड्वेन ब्राभोले २ विकेट लिए भने दीपक चाहर, शार्दुल ठाकुर, लुंगी नगिदी र रवीन्द्र जडेजाले १–१ विकेट लिएका थिए ।

जवाफमा ब्याटिङ गरेको चेन्नईको पनि सुरुवाती खेल निकै तनाबपूर्ण रह्यो तर अन्तिममा ब्याट्सम्यानहरुले फराकिलो स्कोर जोड्दा उसले ५ बल बाँकी छँदै लक्ष्य पुरा गर्न सक्यो । चेन्नईको लागि ओपनर शेन वाटसनले ५ बलमा बिना रन आउट भए तर ओपनर फाफ डु प्लेसिस खेलमा नट आउट रहेर खेल जिताउनमा सबैभन्दा महत्वपूर्ण पारी खेले । उनले नट आउट रही ४२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६७ रन बनाएका थिए । खेलमा सुरेश रैनाले १३ बलमा २२ रन जोडे । रैना आउट भए लगत्तै पहिलो बलमै अम्बाती रायाडू आउट भए । त्यसपछि आएका चेन्नईका कप्तान महेन्द्र सिंह धोनी पनि १८ बलमा ९ रनमात्र जोडेर आउट भए । त्यसपछि आएका द्वेवन ब्राभोले ११ बलमा ७ रन बनाएर आउट भए भने रविन्द्र जाडेजाले ५ बलमा ३ रन मात्र बनाएर आउट भए । त्यस्तै दीपक चाहरले ६ बलमा १० रन जोडेर आउट भए भने उनिपछी आएका हरभजन सिंह ९ बल खर्च गरेर २ रनमै आउट भए । त्यसपछी आएका शार्दुल ठाकुरले भने चेन्नईलाई जितको लागि निकै उत्कृष्ट पारी खेले । शार्दुलले नट आउट ५ बलमै ३ चौका प्रहार गर्दै १५ रन जोडेका थिए । १९ औं ओभरको खेल सकिंदा चेन्नईले ६ बलमा ६ रन जोड्नुपर्ने भयो जसलाई २० औं ओभरको पहिलो बलमै छक्का प्रहार गर्दै डुप्लेसीले छक्का प्रहार गरेपछि चेन्नई सुपर किंग्स आइपिएल सिजन ११ को फाइनलमा पुग्न सफल बन्यो । 

खेलमा चेन्नईको ८ विकेट लिने क्रममा हैदरावादका रशिद खान, सन्दिप शर्मा र सिद्धार्थ कौलले २/२ विकेट लिए भने भुवनेश्वर कुमारले १ विकेट लिएका थिए । 

खेलमा पराजित बनेको सनराइजर्स हैदरावादले अब बुधबार राति हुने कोलकाता नाइटराइडर्स र राजस्थान रोयल्सबिचको खेलको बिजेता सँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक