2026-08-30 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रिमियर लिग: चार टिम सेमिफाइनल प्रवेश

जेठ १०, सुर्खेत | कर्णाली प्रिमियर लिग अन्तर्गत आठौँ दिन सम्पन्न २ वटा खेलहरुमा त्रिभुवन आर्मी क्लब र एबिसी स्पोर्ट्स क्लब बिजयी भएका छन् । यो संगै प्रतियोगिताको लिग चरणका खेलहरु सकिएका छन् । समुह ‘ए’ को बिजेताको रुपमा रुपन्देही ११ र उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लब तथा समुह ‘बि’ बिजेताको रुपमा धनगढी क्रिकेट एकेडेमी र उपविजेताको रुपमा मध्य–पश्चिम क्रिकेट क्लब सेमीफाइनल प्रवेश गरेका छन् ।

शुक्रबार खेलिने पहिलो सेमीफाइनलमा रुपन्देही ११ र मध्य–पश्चिम क्रिकेट क्लव तथा दोस्रो सेमीफाइनलमा त्रिभुवन आर्मी क्लब र धनगढी क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् । लिग चरणको अन्तिम दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले भेरिगंगा क्रिकेट क्लबलाई ८ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिंग गरेको भेरीगंगा क्रिकेट क्लबले ढिला सुरु भएका कारण निर्धारित १२ ओभरमा घटाईएको खेलमा ४ विकेट गुमाएर ६३ रन बनायो । उसको लागि तिलक थापाले सर्वाधिक २० रन, सौगात कार्कीले १८ रन तथा पदम कंडेलले १३ रन योगदान दिए । बलिङ्गतर्फ आर्मीका बलर जितेन्द्र मुखिया, चन्द्र साउद, सागर पुन र साहब आलमले समान १ विकेट लिए । ६४ रनको लक्ष्य आर्मीले ७.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । आर्मीको लागि सागर पुन र इन्द्रकमल मानन्धरले समान १७ रन तथा राजु रिजाल र भिम शार्कीले समान १२ रन बनाए । भेरीगंगाका बलर जनादेश चुनाराले २ विकेट लिए ।

बिहिबार नै भएको दोस्रो खेलमा एबिसी स्पोर्ट्स क्लबले काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरलाई १९ रनले पराजित ग¥यो । टस जितेर ब्याटिंग रोजेको एबिसी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनायो । खेलमा दिनेश पुनले सर्वाधिक ६९ रन बनाउने क्रममा ४५ बलमा ११ चौका र १ छक्का प्रहार गरे । यस्तै टेक सलामीले २७ बलमा ४ चौका र ३ छक्का मदतले ३९ रन बनाए । काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरका बालार प्रितम थापा र भोज राज भट्टले समान २/२ विकेट लिए ।

१६५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले पुरै २० ओभर ब्याटिंग गरे पनि ७ विकेट गुमाएर १४५ रन मात्रै बनायो । खेलमा बिश्वाश श्रेष्ठले सर्वाधिक ४३ रन बनाउन २८ बलमा ४ छक्का र २ चौका प्रहार गरे । यस्तै दुर्गेश थापाले २३ तथा रोशन शर्माले २० रन योगदान दिए । एबिसीका बलर महेश खत्रीले सर्वाधिक ३ विकेट हात पारे भने दिनेश अधिकारी, युनिश  बिक्रम सिंह, बिनित खत्री र रबिन्द्र जंग शाहीले समान एक/एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच दिनेश पुन घोषित भए ।  जेठ ३ गते बाट सुरु भएको प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ । प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले २५ हजार र उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १०÷१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने