2026-10-15 12:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपिएलको उपाधी आर्मीको हातमा

जेठ १२, सुर्खेत | कर्णाली प्रदेशको राजधानी सुर्खेतको जारी कर्णाली प्रिमियर लिग (केपिएल) क्रिकेटको उपाधी आर्मीले हात पारेको छ । वीरेन्द्रनगरस्थित रंगशाला मैदानमा सम्पन्न फाइनल खेलमा रुपन्देही ११ लाई ३७ रनले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । उपाधिसहित आर्मीले ३ लाख रुपैयाँ तथा उपविजेता रुपन्देही–११ ले १ लाख ५० हजार रुपैयाँ पाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका रुपन्देही–११ का सन्दिप सुनार २५ हजार प्राप्त गरे । उत्कृष्ट ब्याट्सम्यान घोषित भएका आर्मीका सागर पुन तथा उत्कृस्ट बलर रुपन्देहीका कृष्ण कार्कीले जनही दश/दशहजार रुपैयाँ प्राप्त गरे । खेलको अन्तिम दिन फाइनलमा टस हारेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लवले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३२ रनको योगफल तयार पार्यो ।

आर्मीको लागि ओपनर सागर पुनले सर्वाधिक ३८ रन योगदान दिन ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै बिनोद भण्डारीले २८ तथा राजेश पुलामीले २२ रन बनाए । रुपन्देहीका बलर बिकाश श्रेष्ठले सर्वाधिक ३ विकेट लिन ४ ओभरमा २१ रन खर्चिए । बसिर अहमद, बिक्रम भुसाल र सन्दिप सुनारले समान एक/एक विकेट लिए ।

दोस्रो इनिङमा १३३ रनको लक्ष्य पछ्याउने क्रममा रुपन्देही–११ ले १७.५ ओभरमा ९५ रनमै सबै विकेट गुमायो ।आर्मीका बलर बिक्रम सोबले सर्वाधिक ३ विकेट तथा हरि कृष्ण झा र सुसन भारीले समान २/२ विकेट लिए । रुपन्देहीको लागि निश्चल चौधरीले सर्वाधिक २६ रन, सन्दिप सुनारले २४ रन, शक्ति गौचनले १७ रन तथा सौरभ खनालले १६ रनको योगदान दिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच बिक्रम सोब चुनिए । बन्धु विकास बहुउदेश्ययी सहकारी संस्थाको आयोजनामा जेठ ३ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता थियो ।

‘खेल गतिविधि बढाउन पूर्वाधार विकास गर्छौं’

“यता, विजेतालाई पुरस्कार हस्तान्तरण गर्न समारोहमा पुगेका कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका मन्त्री दल रावलले प्रदेशको खेल क्षेत्रको विकास गर्न सरकार गम्भीर रहेको बताएका छन् । ‘दुई वर्षमै अपूरो प्रदेशको खेलकुदको पूर्वाधार विकासमा अब परिवर्तन भएको देख्नुहुनेछन्’ रावलले भने,‘आगामी दिनहरुमा खेलकुदका गतिविधि बढाउन सरकारकै आयोजनामा ठूला प्रतियोगिता सञ्चालन गर्नेछौं ।’

भारतीय खेलाडीहरुलाई निमन्त्रण गरेर सुर्खेतमा ठूलो प्रतियोयोगिता सञ्चालन गर्न राष्ट्रिय खेलाडीलाई आग्रह गरेका मन्त्रीले रावलले उनीहरुलाई कैलाश मानसरोवरसम्म घुम्ने व्यवस्था गरिदिने बताए । ‘प्रदेशको खेलकुदको पूर्वाधार संरचना बारे जानकार छु’ मन्त्री रावलले थपे,‘सुर्खेतमै क्रिकेट मैदान निर्माणदेखी अन्य खेलकुद क्षेत्रको विकास गर्न हामी गम्भीर छौं ।’

जिल्ला क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसीले सुर्खेतमा क्रिकेट मैदान नहुँदा खेल क्षेत्र ओझेलमा परेको बताए । उनले भरपर्दो खेल मैदान नभएकाले दक्ष खेलाडी उत्पादन गर्न नसक्दा पलायन हुनु परेको गुनासो पोखे । मैदानका लागि तत्काल प्रदेश सरकारले निक्र्यौल गरिदिन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु