१० माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपिएलको उपाधी आर्मीको हातमा

१२ जेष्ठ २०७५, शनिबार १५:४१

जेठ १२, सुर्खेत | कर्णाली प्रदेशको राजधानी सुर्खेतको जारी कर्णाली प्रिमियर लिग (केपिएल) क्रिकेटको उपाधी आर्मीले हात पारेको छ । वीरेन्द्रनगरस्थित रंगशाला मैदानमा सम्पन्न फाइनल खेलमा रुपन्देही ११ लाई ३७ रनले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । उपाधिसहित आर्मीले ३ लाख रुपैयाँ तथा उपविजेता रुपन्देही–११ ले १ लाख ५० हजार रुपैयाँ पाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका रुपन्देही–११ का सन्दिप सुनार २५ हजार प्राप्त गरे । उत्कृष्ट ब्याट्सम्यान घोषित भएका आर्मीका सागर पुन तथा उत्कृस्ट बलर रुपन्देहीका कृष्ण कार्कीले जनही दश/दशहजार रुपैयाँ प्राप्त गरे । खेलको अन्तिम दिन फाइनलमा टस हारेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लवले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३२ रनको योगफल तयार पार्यो ।


आर्मीको लागि ओपनर सागर पुनले सर्वाधिक ३८ रन योगदान दिन ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै बिनोद भण्डारीले २८ तथा राजेश पुलामीले २२ रन बनाए । रुपन्देहीका बलर बिकाश श्रेष्ठले सर्वाधिक ३ विकेट लिन ४ ओभरमा २१ रन खर्चिए । बसिर अहमद, बिक्रम भुसाल र सन्दिप सुनारले समान एक/एक विकेट लिए ।

दोस्रो इनिङमा १३३ रनको लक्ष्य पछ्याउने क्रममा रुपन्देही–११ ले १७.५ ओभरमा ९५ रनमै सबै विकेट गुमायो ।आर्मीका बलर बिक्रम सोबले सर्वाधिक ३ विकेट तथा हरि कृष्ण झा र सुसन भारीले समान २/२ विकेट लिए । रुपन्देहीको लागि निश्चल चौधरीले सर्वाधिक २६ रन, सन्दिप सुनारले २४ रन, शक्ति गौचनले १७ रन तथा सौरभ खनालले १६ रनको योगदान दिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच बिक्रम सोब चुनिए । बन्धु विकास बहुउदेश्ययी सहकारी संस्थाको आयोजनामा जेठ ३ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता थियो ।


‘खेल गतिविधि बढाउन पूर्वाधार विकास गर्छौं’

"यता, विजेतालाई पुरस्कार हस्तान्तरण गर्न समारोहमा पुगेका कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका मन्त्री दल रावलले प्रदेशको खेल क्षेत्रको विकास गर्न सरकार गम्भीर रहेको बताएका छन् । ‘दुई वर्षमै अपूरो प्रदेशको खेलकुदको पूर्वाधार विकासमा अब परिवर्तन भएको देख्नुहुनेछन्’ रावलले भने,‘आगामी दिनहरुमा खेलकुदका गतिविधि बढाउन सरकारकै आयोजनामा ठूला प्रतियोगिता सञ्चालन गर्नेछौं ।’

भारतीय खेलाडीहरुलाई निमन्त्रण गरेर सुर्खेतमा ठूलो प्रतियोयोगिता सञ्चालन गर्न राष्ट्रिय खेलाडीलाई आग्रह गरेका मन्त्रीले रावलले उनीहरुलाई कैलाश मानसरोवरसम्म घुम्ने व्यवस्था गरिदिने बताए । ‘प्रदेशको खेलकुदको पूर्वाधार संरचना बारे जानकार छु’ मन्त्री रावलले थपे,‘सुर्खेतमै क्रिकेट मैदान निर्माणदेखी अन्य खेलकुद क्षेत्रको विकास गर्न हामी गम्भीर छौं ।’

जिल्ला क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसीले सुर्खेतमा क्रिकेट मैदान नहुँदा खेल क्षेत्र ओझेलमा परेको बताए । उनले भरपर्दो खेल मैदान नभएकाले दक्ष खेलाडी उत्पादन गर्न नसक्दा पलायन हुनु परेको गुनासो पोखे । मैदानका लागि तत्काल प्रदेश सरकारले निक्र्यौल गरिदिन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारसम्बन्धीका कानून परिमार्जन गरिन्छ : श्रममन्त्री भण्डारी ट्रम्पको घोषणाविरूद्ध पानामाले दियो राष्ट्र संघमा उजुरी रविको थुनछेक बहस: थुनछेकको औचित्य नभएको भन्दै सरकारी वकिल र श्रीमानबीच नोकझोक महानगरले दिएन चिनियाँ दूतावासलाई ठमेलमा ‘स्प्रिङ फेस्टिबल’ गर्ने अनुमति रविलाई प्रहरीको सट्टा परिवारको जिम्मा लगाएको भन्दै इजलासमा उठ्यो प्रश्न १२० नेपालीलाई डिपोर्ट गर्दै पोर्चुगल ! सप्तरीमा १५ वर्षीया किशोरीको बलात्कार, प्रतिकार गर्ने क्रममा किशोरीको हात भाँचियो स्याङ्जामा भेटिएको सेनाद्वारा बम डिस्पोज भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेवाट निष्काषित कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए मलेसियाको ‘मस्ट वान्टेड’को सूचीमा दुई नेपाली कामदार क्यानडामा एक नेपाली छात्रामाथि सामूहिक बलात्कार रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ कपिल शर्मा, राजपाल यादव र रेमो डिसुजालाई ज्यान मार्ने धम्की बुधवार सन्दीपले गराए शल्यक्रिया, केही दिन अस्पतालमै बस्नुपर्ने एनआरएनएको एकता महाधिवेशन मे ३ देखि ५ सम्म काठमाडौंमा हुने (कार्यविधि सहित) रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी भारतको महाराष्ट्रमा रेलले किच्दा ४ नेपालीको मृत्यु (अपडेट) भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या १३ पुग्यो भने ३ नेपालीको सनाखत च्याम्पियन्स लिग : रेडबुल साल्जबर्गविरुद्ध रियलको सानदार जित