2026-07-25 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप इतिहासमा निरन्तरता: यस पटक पनि आयोजक राष्ट्रले जित्यो उद्घाटन खेल

अनिल अधिकारी | जेठ ३१, काठमाडौँ | विश्वकप इतिहासलाई निरन्तरता दिंदै विश्वकप २०१८ को उद्घाटन खेल पनि आयोजक राष्ट्र रुसले जितेको छ । रुसले आजको खेलमा साउदी अरवलाई ५-० गोलले पराजित गरेको हो ।

विश्वकपको हालसम्मको इतिहासलाई हेर्दा हालसम्म कुनै पनि आयोजक राष्ट्र उदघाटन खेलमा हारेका छैनन् । तत्कालीन सोभियत संघले (रुस)ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उदघाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो । यो पटकको उद्घाटन खेल पनि इतिहासकै निरन्तरतामा गएको छ । उद्घाटन खेल सुरु हुनु अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संक्षिप्त सम्बोधन गर्दै खेलमा आउने पाहुनासँगै खेलाडीहरूलाई स्वागत गरे भने फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि सम्बोधन गरे । लगत्तै पहिला साउदी अरब र पछि रूसी समूहले राष्ट्रिय गान गाएपछि खेल शुरु भएको थियो । 

रूसको राजधानी मस्कोमा रहेको लुझनिकी रङ्गशालामा भएको आजको उद्घाटन खेलमा पहिलो हाफमा रुसले २ गोल गरेको थियो । त्यसपछि दोश्रो हाफमा रुसले थप ३ गोल थप्दै आफ्नो पक्षमा ५ गोल बनाएको थियो । रुसले खेलको अतिरिक्त समयमा २ गोल गर्दै आयोजक राष्ट्रको शक्तिलाई विश्वसामु प्रस्तुत गरेको छ । रुसको लागि पहिलो गोल ३२ वर्षीय रूसी खेलाडी इयुरी गाजिन्स्कीले १२ औं मिनेटमा गरे । 

त्यस्तै पहिलो हाफमै रुसका खेलाडी डेनिस चेरिशेवले दोश्रो गोल गरे । खेलमा डेनिस चेरिशेव २ गोल गरे । चेरिशेवले आफ्नो दोश्रो गोल अतिरिक्त थपिएको समयको १ मिनेटमा गरेका थिए । त्यस्तै रुसको दोश्रो हाफको ७१ औं मिनेटमा तेश्रो गोल गर्दै अर्तेम डीजुबाले रुसको लागि तेश्रो गोल गरे । खेलको चौथो गोल अतिरिक्त समयको १ मिनेट र पाँचौं गोल अतिरिक्त समयको ४ औं मिनेटमा भएको थियो । रुसको लागि अन्तिम गोल अलेक्जेन्डर गोलोभिनले गरे । गोल अघि ८८ औं मिनेटमा गोलोभिनले पहेलो कार्ड पाएका थिए । 

८० हजार दर्शक क्षेमता भएको लुझनिकी रङ्गशालामा उद्घाटन खेल हेर्न ७८ हजार ११ जनाको उपस्थिति रहेको थियो ।  

Photo: fifa.com 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक