2026-07-25 12:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप अपडेट: सोमबारको खेलमा स्विडेन, बेल्जियम र इंग्ल्याण्ड बिजयी

असार ५, काठमाडौँ | सोमबार मध्येराति भएको विश्वकप खेलमा इंग्ल्याण्डले ट्युनिसियामाथि संघर्षपूर्ण जित हाँशिल गरेको छ । खेलको ९० मिनेटसम्म १-१ को बराबरीमा रोकिएको खेलमा इन्जुरी समयमा गोल गर्दै इंग्ल्याण्ड बिजयी भएको हो । 

समूह ‘जि’ को खेलमा इंग्ल्याण्डले ट्युनिसियालाई २–१ गोल अन्तरले पराजित गर्यो । खेलमा निर्धारित ९० मिनेटको खेलमा अतिरिक्त समयमा कप्तान ह्यारी केनले इंग्ल्याण्डको लागि दोस्रो गोल गर्दै जित दिलाए । रक्षात्मक खेल खेलेको ट्युनिसियाले अन्तिम समय अपत्यारिलो गोल खाएको हो । हेडीङ मार्फत गोल हुँदा ट्युनिसियाका गोल किपर खडा भएर हेरिरहेका थिए ।

खेलको पहिलो हाफमा इंग्ल्याण्डले खाता खोल्दै ११ औं मिनेटमा गोल गरेको थियो भने खेलको ३५ औं मिनेटमा ट्युनिसियाले पेनाल्टी मार्फत बराबरी गर्यो । खेलमा इंग्ल्याण्डका खेलाडीले आफ्नो डिबक्सभित्र ट्युनिसियाका खेलाडीलाई फल गरेपछि पेनाल्टी हानिएको थियो । उक्त पेनाल्टीमा फेर्जानी ससीले गोल गर्दै ट्युनिसियालाई बराबरीमा पुर्याएका थिए । 

खेलमा पहिलो जितसँगै इंग्ल्याण्डले महत्वपूर्ण ३ अंक बटुलेको छ ।

यस अघि सोमबार नै सम्पन्न विश्वकप खेल अन्तर्गत भएका दुई खेलमा कोरियालाई स्विडेनले ०-१ गोलले पराजित गरेको थियो भने पनामालाई बेल्जियमले ०-३ गोलले पराजित गरेको थियो । 

माथिको तश्विरमा: स्विडेनलाई ३-० गोल अन्तरले पराजित गरेपछि बेल्जियमका खेलाडीहरु खुसि साट्दै : Photo: Fiff 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक