2026-07-25 02:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुधबारको खेलमा पोर्चुगल, उरुग्वे र स्पेन बिजयी, इजिप्ट, साउदी अरव र मोरक्को समुह चरणबाटै बाहिरिए

असार ७, काठमाडौँ | रुसमा जारी विश्वकप २०१८ अन्तर्गत बुधबार राति भएको खेलमा स्पेनले इरानलाई १-० गोल अन्तरले पराजित गरेको छ । समूह ‘बि’ को खेलमा स्पेनले जित हात पारेसंगै पोर्चुगलको बराबर अंकमा ग्रुप ‘बि’को प्रतिष्पर्धी बनेको छ । दुवै टिमको समान ४/४ अंक भएको छ । 

स्पेनको जितमा डिएगो कोष्टा नायक बने । उनकै गोलले स्पेनले इरानमाथि कठिन जित हात पारेको हो । कोष्टाले खेलको ५४औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । एकपछि अर्को गोल गर्ने अवसर पाएपनि स्पेन गोल गर्न सकेन । खेलअवधिभर बल नियन्त्रणमा राखेको स्पेनले एकपछि अर्को गोल गर्ने अवसर गुमाएको थियो । खेलमा इरानले पनि केहि महत्वपूर्ण अवसरहरु गुमाउन पुगेको थियो । 

यस अघि बिजयी बनेको इरानको साथमा अघिल्लो खेलको ३ अंक छ । इरानले आगामी खेल पोर्चुगलसँग खेल्दैछ । खेलमा इरान वा पोर्चुगल जसले जित्छ उसले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । यदी इरान पोर्चुगलसँग बराबरीमा रोकिए । पोर्चुगल अंकको आधारमा अन्तिम १६ मा पुग्नेछ । 

यस अघि बुधबार भएका थप दुई खेलमा पोर्चुगलले मोरक्कोलाई १-० ले पराजित गरेको थियो भने उरुग्वेले साउदी अरवलाई १-० गोल अन्तरले पराजित गरेको थियो । उरुग्वेले साउदीलाई पराजित गरेसंगै विश्वकपमा अन्तिम १६ मा पुग्ने समुह ‘ए’ बाट पहिलो देश रुस भएको छ भने समुह ‘ए’ मै रहेको उरुग्वे पनि ६ अंक सहित अन्तिम १६ मा पुगेको छ । 

विश्वकपको हालसम्मको खेल स्कोरकै आधारमा इजिप्ट, साउदी अरव र मोरक्को समूह चरणबाटै बाहिरिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक