2026-07-25 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेस्सिको टिम विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना अझै छ ?

असार ८, काठमाडौँ | क्रोएसियाले ३-० गोल अन्तरले पराजित गरिदिएपछी अर्जेन्टिनाको नकआउट चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । ‘समूह डी’मा पहिलो खेलमा आइसल्याण्डसँग १-१ गोलमा बराबरी खेलेको अर्जेन्टिना बिहिबार रातिको खेलमा क्रोएसियासँग हारेपछि उसको समूह चरणबाटै बाहिरिने सम्भावाना बनेको हो ।

पहिलो हाफमा बिना कुनै गोल भएको पर्दर्शन खेलको दोश्रो हाफमा आएर एकाएक बदलियो । अर्जेन्टिनाले पहिलो गोल गोलकिपरको कमजोरीका कारण खान पुग्यो भने त्यसपछि सम्हालिएर खेल्न नसक्दा थप २ गोल खान पुग्यो ।

खेलमा क्रोएसियाका लागि एन्टे रेविकले ५३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८०औं मिनेटमा लुका मोड्रिकले गोल गर्दै क्रोएसियालाई दुई गोलको अग्रतामा पुर्याए । क्रोएसिया त्यतिकै रोकिएन खेलको इन्जुरी समयमा इभान रकिटिकले गोल गर्दै क्रोएसियालाई ३–० गोलको ऐतिहासिक जित दिलाउन सफल भए ।

खेल जित्दै क्रोएसियाले ६ अंक बटुल्न सफल भएको छ । समूह ‘डी’ अन्तर्गत आफ्नो दोश्रो खेलमा पराजित भएको अर्जेन्टिनाको लागि नकआउट चरणमा पुग्ने सम्भावना भने अझै जिवितै छ । तर बलियो टिम मानिएको आइसल्याण्डले आफ्नो बाँकी दुवै खेल जितेमा अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ । तर लगातार दोश्रो खेल जितेको क्रोएसियासँग पनि आइसल्याण्डले सामना गर्ने हुँदा उक्त खेल जित्नु आइसल्याण्डको लागि चुनौतीपूर्ण हुनेछ । त्यस्तै यस अघिको खेलमा पराजित भएको नाइजेरियाले पनि दुई खेल खेल्न बाँकी छ, त्यसैले अब आइसल्याण्ड र नाईजेरियाको दोश्रो खेल हेरेपछि मात्र अर्जेन्टिनाको विश्वकप यात्राको आंकलन लगाउन सकिन्छ । आइसल्याण्ड र नाइजेरिया बीचको खेल आज (शुक्रबार) ८:४५ बजे हुँदैछ । खेलमा नाइजेरिया बिजयी भए त्यसको फाइदा अर्जेन्टिनालाई हुनेछ । त्यसैले अर्जेन्टिनाको नकआउट चरणमा जाने सम्भावना आइसल्याण्डको खेलमा भर पर्नेछ । 

Photo: Fifa 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक