2026-06-25 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप ग्रुप ‘सी’ बाट पेरु र अस्ट्रेलिया बाहिरियो, फ्रान्स र डेनमार्क नकआउट चरणमा

असार १२, काठमाडौँ | रुसमा जारी विश्वकपमा आज ग्रुप 'सी' बाट पेरु र अस्ट्रेलिया बाहिरिएका छन् भने फ्रान्स र डेनमार्क नकआउट चरणमा प्रवेश गरेका छन् । समूह सी बाट फ्रान्स समूह विजेता र डेनमार्क उपविजेता हुँदै अन्तिम १६ मा पुगेका हुन् ।

मंगलबार राति भएको खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि दुबै टिम अघिल्लो चरणमा पुगे । समूह विजेता फ्रान्सले दुई खेलमा जित र एउटामा बराबरी गर्दै ७ अंक जोड्यो भने डेनमार्कले एक खेलमा जित र दुई खेलमा बराबरी खेल्दै ५ अंक जोड्यो ।


चालु विश्वकपमा  गोलरहित बराबरीमा सकिएको फ्रान्स र डेनमार्कबीचको खेल नै पहिलो हो । यसै समूहमा रहेका अष्ट्रेलिया र पेरु भने पहिलो चरणबाटै बाहिरिएका छन् । मंगलबार भएको अन्तिम खेलमा पेरुले अष्ट्रेलियालाई २-० ले हराए पनि अघिल्ला २ खेल हारेकाले आफूलाई दोस्रो चरणमा पुर्‍याउन सकेन ।


मंगलबार पेरुलाई सान्त्वना जित दिलाउन १८ औं मिनेटमा एन्ड्रे क्यारिलो र ५० औं मिनेटमा पाउलो गुरेरोले गोल गरे । तर यसअघिको खेलमा उसले फ्रान्स र डेनमार्कसँग पराजय व्यहोरेका कारण अघिल्लो चरण जान सकेन ।

अष्ट्रेलियाले भने समूह चरणमा जम्मा १ खेल बराबरी गर्‍यो भने दुई खेलमा पराजय व्यहोर्‍यो । उसले पेरु र फ्रान्ससँग पराजय व्यहोर्‍यो भने डेनमार्कसँग बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ