२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नशालु पर्दाथ सेवन गराई बलात्कार…

२०७५, १८ असार सोमबार १४:२९

असार १८, काठमाडौँ | “छ दिनको सुत्केरीलाई श्रीमानले दूधमा लठ्ठ पार्ने औषधि राखी खुवाएर शारीरिक सम्पर्क गरे, अरु बेला पनि यस्तो कार्य बढेपछि श्रीमान्सँग सम्बन्ध विच्छेद गर्न उनी निवेदन दिइन ।” 

प्रहरी सहायक निरीक्षक सुष्मा कुँवर आफ्नो जागिरको सुरुवाती दिनमा १४ वर्ष पहिलेको घटना सुनाउँदै भन्नुभयो, “ती महिला हामीकहाँ आउँदा एकोहोरो बस्न नसक्ने कुरा दोहोर्याउथिन्, बाहिरबाट सबै राम्रो देखिन्थ्यो तर किन उनी श्रीमानसँग बस्दिन भन्छिन् भनेर हामीले सकेसम्म मिलाउन खोज्यौँ ।” 

“त्यसको केही समयपछि उनी श्रीमानसँग बस्नै नसक्ने भनेपछि हामीले कुरा गर्दा उनले इच्छा विपरीत नशालु पदार्थ खुवाएर समेत शारीरिक सम्पर्क राख्ने गरेको र त्यसले निकै आघात पुगेको बताइन्, त्यसपछि हामीले उनलाई अदालत जान सुझाएका थियौँ,” उहाँले भन्नुभयो । 

यस्तै घटना त्रिविकै आंशिक प्राध्यापकलाई समेत घटेको बताउनुहुन्छ त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष डा सुधा त्रिपाठी । “ती महिला प्राध्यापकलाई अर्का स्थायी प्राध्यापकले विभिन्न डरधम्की देखाई भेट्न बोलाएर तरलपर्दाथमा नशालु पर्दाथ मिसाई दुव्र्यवहार गर्न खोजेका थिए,” उहाँले भन्नुभयो । यस्ता घटना कम गर्न मानसिक सोचाईमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ । 

महानगरीय प्रहरीको महिला बालबालिकाका लागि सेवा केन्द्रकी उपत्यका इन्चार्ज समेत रहनुभएकी कुँवर हिजोआज नशालु पदार्थ खुवाएर बलात्कार गर्ने घटनामा वृद्धि भएको बताउनुहुन्छ । 

एन्जिला रुस्कीन विश्वविद्यालय बेलायतकी फरेन्सिक विज्ञानकी वरिष्ठ प्राध्यापक डा लता गौतमको सक्रियतामा आज यहाँ आयोजित ‘नेपालमा नशालु पदार्थ खुवाई यौनजन्य दुव्र्यहार गर्ने घटना’ विषयक छलफल कार्यक्रममा यो विषयमा सम्बन्धित निकायलाई पर्याप्त जानकारी नभएको बताइएको थियो । 

त्रिवि शिक्षण अस्पतालका कानूनी चिकित्सा प्रमुख प्रा डा हरिहर वस्तीले नशालु पदार्थमध्ये नेपालमा अल्कोहल सेवन गराई बलात्कार गर्ने घटना अत्यधिक रहेको छ भन्नुभयो । 

नेपालमा दुई वर्षदेखि छ वर्षसम्मका बालबालिका बढी यौनजन्य घटनाको शिकार हुने गरेको छ, तीमध्ये एकतिहाई बालबालिका परिवारबाटै पीडित छन्, उहाँले भन्नुभयो, “कति घटना भए भन्ने छुट्टै घटना हेर्न बाँकी छ तर मेरो अनुभवमा धेरै अल्कोहल सेवन गराई यस्ता घटना गराएका देखिन्छन्, त्यसबाहेक मानसिक रुपमा बिरामीलाई यस्तो दुव्र्यवहार बढी हुने गरेको छ ।” 

डा गौतमले अन्य बलात्कारजस्तै नशालु पदार्थ खुवाइृ गरिने घटनालाई पनि जोडेर हेर्न नहुने बताउनुभयो । यसबारे चिकित्सक, प्रहरी, विद्यालयका शिक्षक बालबालिका सबैलाई जानकारी हुनुपर्ने उहाँको भनाइ छ । “यस्ता घटना फरक तरीकाले हेर्नुपर्छ, नशाका समयमा भएका घटनाबारे पीडितलाई सम्झना हुँदैन, नशाका कारण शारीरिक र मानसिक रुपमा समेत उनीहरु पीडित हुन्छन्, यसबारे छुट्टै अध्ययन आवश्यक छ,” उहाँले भन्नुभयो । 

नशालु पदार्थ सेवन गराई भएका घटनामा पीडित जाँचका लागि ढिला आउने गरेका कारण न्याय पाउन नसकेका घटना बढी छन् । विश्वस्वास्थ्य संगठनको मापदण्ड अनुसार अन्य विभिन्न मुलुकमा नशालु पदार्थ खुवाई भएका घटनाबारे जाँच गर्ने छुट्टै मापदण्ड भए पनि नेपालमा नभएको सम्बन्धित निकायको भनाइ छ । 

डा वस्तीले यस्ता घटनामा रगतबाट जाँच गर्न अत्याधुनिक उपकरण, प्रविधि र सीप आवश्यक भएको भन्दै पीडितलाई पनि सक्दो छिटो जाँच गरेमा मात्र न्याय पाउन सहज हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड