2026-07-25 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फाइनल जारी: क्रोयसियाले आफ्नै कारण २ गोल खायो

असार ३१, काठमाडौँ | विश्वकप फुटबलको फाइनलमा क्रोएसिया र फ्रान्सबीच पहिलो हाफको खेल सकिएको छ । खेलमा फ्रान्स २–१ गोलको अग्रता सहित अगाडी छ । क्रोयसियाको गल्तिको परिणामले फ्रान्सले दुवै गोल गर्न सफल भएको छ । जसमा पहिलो गोल आत्मघाती रह्यो भने दोश्रो गोल डिबक्स भित्र ह्याण्ड गर्दा पेनाल्टी मार्फत भएको छ । 

खेलको ३८ औं मिनेटमा क्रोएसियाका खेलाडीले आफ्नो डिबक्सभित्र ह्याण्ड गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सका एन्टोइनी ग्रिजम्यानले गोल गर्दै खेलमा २-१  अग्रतामा पुग्यो । यसअघि क्रोएसियाका इभान पेरिसिकले आकर्षक गोल गर्दै १–१ गोलको बराबरी पुर्याएका थिए । 

त्यस अघि १–० गोलले पछि परेको अवस्थामा क्रोएसियाले खेलको १८ औं मिनेटमा आत्मघाती गोल गर्दै फ्रान्सलाई अग्रता दिएको थियो । उक्त आत्मघाती गोल क्रोएसियाका मारियो मान्डजुकिकले फ्रीकिक बचाउने क्रममा हेड मार्फत गरेका थिए । 

तुलनात्मक रुपमा क्रोयशिया फ्रान्स जति बलियो नमानिएता पनि यस पटकको विश्वकपमा दावेदारहरुकै भविष्यवाणी गलत सावित हुँदा आजको खेल फ्रान्स वा क्रोएशियाको हातमा जान्छ भन्नेमा धेरैलाई अफ्ट्यारो छ । आइसल्यान्डले बराबरीमा रोकेको र फ्रान्सले ४-३ गोलले पराजित गरेको अर्जेन्टिनालाई समेत क्रोएसियाले ३–० मै रोकेको अवस्थामा क्रोएसिया कम्जोर छ भन्ने अवस्था छैन । फ्रान्ससँगको खेलमा अर्जेन्टिनाले ३ गोल गर्न सक्दा त्यहि अर्जेन्टिनालाई ३-० मै पराजित गर्न सक्ने खुवी राख्नु क्रोयशियाको सवल पक्ष हो । 

क्रोशियाको अर्को सवाल पक्ष के पनि छ भने उसले विश्वकप २०१८ मा कुनै टिमसँग हारेको छैन । त्यसो त लगातार तीन नकआउटमा जित्ने क्रममा अतिरिक्त समय खेल्दै क्रोएसियाले डेनमार्क र रुसलाई टाइब्रेकरमा पन्छाएको हो । 

विश्वकप फुटबलको नतिजाहरुलाई हेर्ने हो भने फ्रान्स २० वर्षयता विश्व फुटबलकै सबैभन्दा बलियो टिममा गनिन्छ । सेमिफाइनलमा ब्राजिललाई समेत हराउन सफल बेल्जियमलाई पराजित गर्दै फ्रान्सले आफुलाई बलियो सावित गरेकाले यो पटकको फाइनलमा फ्रान्सको दावेदारीलाई निकै उच्च बनाएको छ । 

फ्रान्स र क्रोएसियाको विगतका रेकर्ड निकाल्ने हो भने पाँचपटक आपसमा खेलेकोमा फ्रान्सले तीन खेल (सन् १९९८, १९९९ र २०००) जितेको थियो भने दुई खेल (२००४ र २०११) मा बराबरी भएको थियो । फ्रान्स विश्वकपको फाइनलमा तेस्रो पटक पुगेको हो भने क्रोयशिया पहिलो पटक फाइनल खेल्दैछ । 

विश्वकप २०१८ कै गोल अन्तरलाई हेर्ने हो भने फ्रान्सले २–१ अस्ट्रेलिया, १–० पेरु, ०–० डेनमार्क, ४–३ अर्जेन्टिना, २–० उरुग्वे र १–० बेल्जियम गरि कुल १० गोल गरेको छ ।  त्यस्तै क्रोयशियाले २–० नाइजेरिया, ३–० अर्जेन्टिना, २–१ आइसल्यान्ड, १–१ डेनमार्क (३–२ टाइब्रेकर), २–२ रुस (४–३ टाइब्रेकर), २–१ इंग्ल्यान्ड (अतिरिक्त समय) गरि १२ गोल गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक