2026-06-25 10:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो पाँचपोखरी हाफ म्याराथन भदौ १० मा

2018-08-10

साउन २५, काठमाडौँ | दोस्रो पाँचपोखरी हाफ म्याराथन अगामी भदौ १० गते हुने भएको छ । 

यहाँ आज पत्रकार सम्मेलन गरी दोस्रो पाँचपोखरी हाफ म्यारथन आयोजक समितिले ‘पर्यटन प्रवद्र्धनका लागि खेलकूद’ भन्ने मूल नाराका साथ सिन्धुपाल्चोकको थाङपाल पाँचपोखरी गाउँपालिकाको धार्मिक ऐतिहासिकस्थल पाँच पोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २४ किलोमिटर म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिइयो । 

प्रतियोगितामा सहभागी हुने खेलाडीले आगमी भदौ ५ गतेभित्र आफ्नो नाम दर्ता गराइसक्नुपर्नेछ । दर्ता शुल्क सिन्धुपाल्चोकका खेलाडीलाई रु एक हजार, जिल्ला बाहिरका खेलाडीलाई रु दुई हजार र विदेशीलाई ३५ अमेरिकी डलर तोकिएको छ । 

नाम दर्ताका लागि सो गाउँपालिकाका सबै वडा, क्षेत्रपालेश्वरी माध्यमिक विद्यालय तिपेनी, मेलम्ची क्याफे इन मेलम्ची बजार, जिल्ला खेलकूद विकास समिति सिन्धुपाल्चोक र गाउँपालिकाको फेसबुक पेजमा गएर फारम भर्न सकिनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ५०, ३० र २० हजार प्राप्त गर्ने सगरमाथा आरोही एवं कार्यक्रम संयोजक कान्छीमाया तामाङले जानकारी दिनुभयो । 

सो अवसरमा सांसद शेरबहादुर तामाङले खेलकूदमार्फत जिल्लामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । 

कार्यक्रममार्फत पाँचपोखरी, आमायाङ्ग्री, ड्रायागन गुफा, अबेली, रैथानेश्वरी, च्याङ्बोडाँडा लगायतका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा प्रचारप्रसार गर्नु रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । 

जनैपूर्णिमाको अवसरमा पाँच पोखरीमा विशेष मेला लाग्ने गर्छ । धार्मिक रुपमा महत्वपूर्ण पाँचपोखरी समुन्द्र सतहदेखि चार हजार १०० मिटरमा अवस्थित छ । यहाँ पाँच धार्मिक पोखरी छन् । पोखरी विश्वकै उच्च स्थानकामध्ये नवौँमा पर्छ । एकादशीदेखि शुरु हुने मेला पूर्णिमाका दिन समापन हुन्छ । मेला अवधिभर सिन्धुपाल्चोक र आसपासका जिल्लाबाट हजारौँ धार्मिक पर्यटक पाँचपोखरी पुग्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ