2026-06-28 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफको सेमिफाइनलमा नेपाल र माल्दिभ्स भिड्दै, पहिलो हाफमा १-० को स्कोर

भदौ २७, काठमाडौँ | साफ च्याम्पियनशिप अन्तर्गत नेपाल र माल्दिभ्सबीच महत्वपूर्ण फुटबल प्रतिष्पर्धा जारी छ । खेलमा पहिलो हाफसम्मको खेलमा दवावपूर्ण प्रदर्शनका वावजुत १-० गोल अन्तरले नेपाल पछाडी छ । 

बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत पहिलो हाफको ९ औं मिनेटको खेलमा माल्धिभ्सले नेपालबिरुद्ध १ गोल गरेर अग्रता लिएको छ । उसको लागि अक्रम अब्दुल घानीले गोल गरेर अग्रता दिलाएका थिए । 

साफ च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलका दौरान खेल जारी रहंदा पानी र चट्याङ परेपछि केहीबेर खेल स्थगित भएको थियो । २८ औं मिनेटमा खेल भइरहँदा मैदानमा पानी भएपछि खेलाडीलाई बल रोक्न समस्या भएर खेल रोकिएको थियो । त्यसपछि पहिलो हाफसम्म कुनै गोल हुन सकेन ।

साफ च्याम्पियनशिप अन्तर्गत आजै सेमिफाइनलको अर्को खेल भारत र पाकिस्तानबीच खेल हुँदैछ ।

नेपाल समूह ए को विजेता हो भने माल्दिभ्स समूह 'बी' को उपविजेता हो । अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपालले माल्दिभ्सलाई हराउँदै पहिलोपटक फाइनल पुग्ने योजनामा छ । उता सन् १९९७ देखि साफ खेल्न सुरु गरेको माल्दिभ्सले यसअघिका सबै संस्करणको सेमिफाइनल खेलिसकेको छ । माल्दिभ्सले सन् २००८ मा उपाधि समेत जितेको थियो ।

अर्को महत्वपूर्ण कुरा के छ भने साफमा नेपालले अहिलेसम्म माल्दिभ्सलाई पराजित गर्न सकेको छैन । समूह चरणको तीन खेलमा नेपालले पहिलो खेलमा हार र त्यसपछिका दुई खेलमा उत्कृष्ट पर्दर्शन गरेको थियो । 

इतिहाँस हेर्ने हो भने सन् २०१६ बंगबन्धु राष्ट्रिय रंगशालामा सम्पन्न बंगबन्धु गोल्ड कपको सेमिफाइनल खेलमा नेपाल समूह 'ए' को उपविजेता माल्दिभ्स समूह 'वि' को विजेता थियो । जनावरी १९ तारिख साँझ ५ बजे भएको उक्त खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलको अपत्यारीलो जित निकाल्दै फाइनल प्रवेश गरेको थियो । साफमा भने नेपालले माल्धिभ्ससंग जितेको रेकर्ड छैन । 

२०१६ को उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा बहराइनलाई ३–० गोलले पराजित गर्दै नेपालले बंगबन्धु गोल्डकपको उपाधि उचाल्न सफल भएको इतिहाँस पनि छ । त्यसपछि अहिले करिब २ वर्षपछि नेपाल र माल्दिभ्स यही मैदानमा सेमिफाइनल खेल मै प्रतिस्पर्धा गर्न लागेको छ । पक्कैपनि माल्दिभ्सलाई २०१६ बंगबन्धु गोल्डकपको बदला लिने मौका छ भने उही इतिहाँस दोहर्याउने आशा सहित उत्साहमा नेपालले खेल्ने छ ।

यो पटक नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएपनि दोस्रो खेलमा भुटानलाई ४–० र अन्तिम खेलमा आयोजक बंगलादेशलाई २–० गोलअन्तरले पराजित गरेर आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरिसकेको छ । त्यसो त यही प्रतियोगितामा माल्दिभ्सले भने आफ्नो पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो भने आफ्नो दोस्रो खेलमा भारतसँग २–० गोलको हार ब्यहोरेको थियो । माल्दिभ्स भाग्यमानी सावित हुदै टसबाट श्रीलंकालाई पछि पार्दै सेमिफाइनल पुगेको टिम हो । 

जारी साफ खेलमा माल्दिभ्सले एक गोल पनि गरेको छैन भने नेपालले ३ खेलमै ७ गोल गरेर आफूलाई बलियो प्रतिष्पर्धी सावित गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी