2026-10-16 01:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । 

‘ग्रासरुट’ फुटबल कार्यक्रमअन्तर्गत खेलाडीले खेल्ने फुटबल नियम लागू हुँदैन । बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले फुटबल खेल्न सिकाइन्छ । “सानै उमेरमा एकआपसमा चिनजान तथा घुलिमिल हुने वातावरणका साथै खेलको विकास गर्न हामीले अभियान शुरु गरेका हौँ”, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भन्नुभयो, “सानै उमेरका उत्कृष्ट खेलाडी गर्नु अभियानको अर्को लक्ष्य हो ।” 

अभियान शुरु गरेर मात्र नहुने भन्दै उहाँले निरन्तरता दिन अर्को वर्षदेखि यसलाई वार्षिक क्यालेन्डरमा राखेर अघि बढाउने योजना एन्फाको रहेको बताउनुभयो । अभियानलाई विस्तार गरी अर्को वर्षदेखि ७७ जिल्लामै लागू गर्ने एन्फाको तयारी छ । 

एन्फाले ग्रासरुट फुटबल गतिविधि सञ्चालन र मैदानको मर्मतलगायत कार्य गर्न ४५ वटै जिल्ला फुटबल सङ्घलाई आर्थिक सहयोग र खेलकूद सामग्री प्रदान गरिसकेको छ । खेल सञ्चालनका लागि एन्फाले सुगम जिल्लाका लागि रु पाँच लाख नगद तथा रु एक लाख मूल्य बराबरको खेलकूद सामग्री र दुर्गम जिल्लाका लागि रु १० लाख नगद तथा रु एक लाख मूल्य बराबरको खेल सामग्री सम्बन्धित जिल्ला सङ्घका पदाधिकारीलाई उपलब्ध गराइसकेको छ । 

खेलाडी दर्ताको समय छ दिन थप 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ डिभिजन लिगका लागि खेलाडी दर्ताको समय छ दिन थप गरेको छ । 

करीब चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि एन्फाले आजसम्म खेलाडी दर्ता गर्ने समय निर्धारण गरेको थियो । क्लबले खेलाडी दर्ताको समय अपुग भएको गुनासो गरेपछि छ दिन समय थप गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । 

एन्फाले पहिलो पटक अनलाइनबाट शुरु गरेको खेलाडी दर्ता प्रक्रिया आगामी असोज ५ गतेसम्म गर्न सकिनेछ । 

क्लबले ए डिभिजन लिगलाई ध्यानमा राखेर विदेशी खेलाडी धमाधम ल्याउनेक्रम जारी राखेको र खेलाडी दर्ताको समय थप्न माग गरेकाले दर्ता सयम थप गरिएको महासचिव तुलाधरको भनाइ छ । 

सबै क्लबले न्यूनतम १८ खेलाडी दर्ता गराइसकेको भए पनि थप खेलाडी दर्ताका लागि समय माग गरेका हुन् । एन्फाले हरेक क्लबले बढीमा ३५ खेलाडी र कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने जनाएको छ । क्लबलाई चार जना विदेशी खेलाडी अनुबन्ध गराउन छुट दिइएको छ । 

एन्फाले दर्ता भएका खेलाडीको सूची प्रमाणीकरण गरेर सार्वजनिक गर्ने तयारीसमेत गरेको छ । ए डिभिजन लिग फुटबल प्रतियोगिता असोज १४ गतेदेखि माघ १६ गतेसम्म हुने एन्फाले जनाएको छ । 

लिगमा १४ ए डिभिजन टोली थ्रीस्टार क्लब, मनाङ–मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, नेपाल आर्मी क्लब, जावलाखेल युथ क्लब, फ्रेन्डस् क्लब, सङ्कटा क्लब, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, एनआरटी, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाउने छन् । 

‘स्व प्रमोद बज्राचार्य राष्ट्रिय सेवा सम्मान’ केसीलाई 

‘स्व प्रमोद बज्राचार्य राष्ट्रिय सेवा सम्मान’बाट नेपाली राष्ट्रिय टोलीका अलराउन्डर क्रिकेट खेलाडी करण केसी सम्मानित भएका छन् । 

नेपाल क्रिकेट समर्थक समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँलाई रु एक लाख राशिको उक्त सम्मानबाट सम्मानित भएको हो । 

गत फागुनमा नामिबियामा सम्पन्न डिभिजन–२ मा क्यानाडाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई महत्वपूर्ण जित दिलाएको भन्दै समाजले उहाँलाई सो सम्मान प्रदान गरेको हो । 

गत फागुनमा क्यानाडाविरुद्ध भएको एक विकेटको जितले नेपाल विश्वकप छनोटमा पुग्न सफल भएको थियो । विश्वकप छनोटबाट नेपालले ऐतिहासिक एक दिवसीय राष्ट्रको मान्यता पाएको थियो । करणले क्यानडाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै अविजित ४२ रन जोडेका थिए । 

समाजले आफ्ना पूर्वकोषाध्यक्ष स्व प्रमोद बज्राचार्यको सम्झनामा यो पुरस्कार स्थापना गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु