२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नवौं लिगलिगे दौडको तयारी तीव्र, असोज २८ मा राजा छानिने

२०७५, ३ आश्विन बुधबार १३:४३

मनोज पराजुली, असोज ३,गोरखा । गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता यस वर्ष असोज २८ गते हुने भएको छ। गोरखाको इतिहास जगेर्ना गर्न बि स. २०६७ सालदेखि हरेक वर्ष बिजयादशमीको अवसर पारेर लिगलिगकोट विकास अभियान दौड प्रतियोगिता गर्दै आएको छ।

दौड प्रतियोगितामा सहभागीहरुले चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु गरेर १३.८ किलोमिटर दूरी दौडेर लिगलिग कोटसम्म पुग्नुपर्नेछ । दौडमा जो पहिले लिगलिगकोटसम्म पुग्छ उसलाई नै लिगलिगे राजा घोषणा गरिंदै आएको छ। नवौं लिगलिगे दौड प्रतियोगिता संचालनको लागि आवश्यक तयारी तीव्र पारिएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए ।

राजालाई श्रीपेचको साथमा साठी हजार एक सय रुपैयाँ

दौडमा पहिलो हुनेलाई राजा घोषणा गर्दै श्रीपेचको साथमा साठी हजार एक सय रुपैयाँ पगरी,मेडल र ट्रफी प्रदान गरिने रानाले जानकारी दिए। प्रतियोगितामा दोस्रो हुनेलाई नगद ३५ हजार एक सय, तेस्रो हुनेलाई २५ हजार एक सयका साथ मेडल,ट्रफी र प्रमाणपत्र दिइनेछ। चौथोलाई १२ हजार एक सय, पाचौं हुनेलाई ७ हजार एक सय, छैटौंलाई ५ हजार एक सय, सातौँ हुनेलाई ४ हजार एक सय, र आठौंलाई ३ हजार एक सय र नवौं २ हजार १ सय रुपैयाँ नगद पुरस्कारको साथमा मेडल, प्रमाण पत्र दिएर पुरष्कृत गरिने  आयोजक समितिका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए ।

महिलाहरुको लागि वडडांडादेखि लिगलिगकोटसम्म ५ किलोमिटर खुला दौड प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुनेले २० हजार, दोश्रो हुनेले १२ हजार ५, तेश्रो हुनेले ७ हजार ५ रुपैयाँ नगद पुरस्कारको साथमा मेडल, प्रमाण पत्र र ट्रफी पाउँनेछ।

लिगलिग बासीहरुको लागि चेपेघाटबाट नै शुरु हुनेगरी प्रतियोगिता राखिएको छ । जसमा प्रथम हुनेलाई २० हजार ५, दोश्रो हुनेलाई १२ हजार ५, तेश्रो हुनेलाई ७ हजार ५ र  चौथोलाई ३ हजार ५ नगद सहित प्रमाणपत्र मेडल प्रदान गरिने रानाले जानकारी दिए । त्यस्तैगरि यस पटकदेखि आयोजकले बोहोरागाउँ देखि लिगलिगकोटसम्म १५ देखि १८ वर्षसम्मका छात्रा छात्राहरुको लागि पनि दौड प्रतियोगिता राखेको छ । सो दौडमा प्रथम हुनेलाई ५ हजार १ सय, दोश्रो हुनेलाई ३ हजार १ सय र तेश्रो हुनेलाई २ हजार १ सय नगदका साथ प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने रानाले जानकारी दिए । 

दौडमा सहभागी हुनको लागि बिदेशीले पाँच हजार, नेपाली नागरिकले एक हजार, लिगलिगबासी तथा महिलाको लागि पाँच सय रुपैयाँ र छात्र छात्रा (स्थानीय)ले निशुल्क नाम दर्ता गराउन सकिनेछ । नाम दर्ताको लागि अशोज १० गतेदेखि २५ गतेसम्मको लागि तोकिएको छ। दौड प्रतियोगिता अशोज २८ गते विहान ८ बजे चेपेघाटबाट शुरु हुनेछ । 

लिगलिगकोट र आसपासको क्षेत्रको संरक्षण र प्रर्वद्धनका लागि लोपहुने अवस्थामा पुगेको लिगलिगे दौड पुन सुरु गरिएको बिकास अभियानका अध्यक्ष रानाले बताए। दौडका लागि आवश्यक पर्ने खर्चको लागि पर्यटन बोर्ड, पालुङ्टार नगरपालिका र अन्य खर्च बिभिन्न संघ संस्था, सहयोगीबाट संकलन गरिने अध्यक्ष रानाले जानकारी दिए ।

लिगलिगकोट चिनारी 

लिगलिगकोट गोरखा जिल्लाको साविकको आँपपिपल गाविस वडा नम्बर ४ हालको पालुङटार नगरपालिका वडा नम्बर २ खोल्लीमा पर्दछ । ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो। लिगलिगकोट समुन्द्री सतहबाट करिब १,४३७ मिटर अर्थात ४,७९० फिट उचाईमा अवस्थित छ । गोरखा जिल्लाका ३९ वटाकोटहरुमध्ये लिगलिगकोट एक हो ।  लिगलिगकोट नेपाल एकिकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो । यहाँ आजभन्दा ४६० वर्ष पहिले बि.स.१६१५ सम्म दौड जित्ने मानिस एक बर्षको लागि राजा बन्ने परम्पराको रहेको थियो । बि सं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि दौड प्रतियोगिता हुन छाडेको थियो । शाह वंशको अन्त्य पश्च्यात ४ सय ५२ वर्ष पछि २०६७ सालदेखि पुन: दौड प्रतियोगिता संचालन गर्न थालिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?