2026-06-27 02:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन

2018-09-25

कुमार चौलागाईं | असोज ९, काठमाडौँ | पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ भएको छलफलमा नेपालले बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउने भएपछि लिगको खेलतालिका परिवर्तन गर्ने सहमति भएको थियो । 

‘ए’ डिभिजन लिग असोज १३ गतेदेखि शुरु हुँदैछ भने बङ्गबन्धु गोल्डकपमा नेपालको राष्ट्रिय टोलीले असोज १४ देखि २६ गतेसम्म सहभागिता जनाउनेछ । 

राष्ट्रिय टोलीका खेलाडीहरू ‘ए’ डिभिजनका छ क्लबमा आबद्ध छन् । बङ्गबन्धुमा सहभागिता जनाएसँगै लिग पनि जारी राख्दा ती क्लबलाई अप्ठेरो पर्र्ने क्लबले बताएपछि खेल तालिका परिवर्तन हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो । 

“बङ्गबन्धुमा नेपालले सहभागिता जनाउने वा नजनाउने निर्णय भइनसकेको अवस्थामा हामीले लिगको खेल तालिका सार्वजनिक गरेका हौँ । अब नेपालले सहभागिता सुनिश्चित गरेको अवस्थामा केही खेल तलमाथि हुनसक्छ” एन्फा महासचिव इन्द्रमान तुलाधरले भन्नुभयो । 

सहमतिअनुसार असोज १३ गतेदेखि शुरु हुने लिगको उद्घाटन खेल खेलाउने र बङ्गबन्धु गोल्डकप अवधिभर लिग स्थगित गर्ने निर्णय भएको छ । “असोज १३ गते उद्घाटन खेल खेलाउने निर्णय भएको छ, त्यसपछि राष्ट्रिय टोली बङ्गबन्धुमा सहभागी भइञ्जेल लिगका खेल स्थगित हुनेछ,’’ लिग संयोजक विज्ञानराज शर्माले भन्नुभयो । 

नेपाल बङ्गलादेशबाट फर्केलगत्तै लिग पुनः शुरु हुने र त्यसपछिका खेलमा कुनै परिवर्तन नहुने उहाँको भनाइ छ । “बङ्गबन्धु गोल्डकपमा नेपालको प्रदर्शन हेरेर लिगको खेल तालिकाको टुङ्गो लगाउने छौँ, नेपाल अघिल्ला चरण पार गर्न सफल भयो भने तालिका अलि बढी र पहिलो चरणबाटै नेपाल बाहिरिए थोरै मात्र खेल परिवर्तन हृुन्छन्”–उहाँले भन्नुभयो । 

‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा न्यूरोड टोली एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी भिड्नेछन् । आर्मीमा राष्ट्रिय टोलीका चार खेलाडी छन् । असोज १३ गते लिग खेलेको भोलिपल्टै आर्मीका खेलाडी विकेश कुथु, सुमन अर्याल, भरत खवास र नवयुग श्रेष्ठ राष्ट्रिय टोलीसँगै बङ्गलादेश जानेछन् । 

महासचिव तुलाधरका अनुसार ‘ए’ डिभिजन लिगको उद्घाटन गरेपछि बङ्गबन्धु गोल्डकप अवधिभरका लागि लिग स्थगित गर्ने वा राष्ट्रिय खेलाडी अनुबन्धन भएका छन् । क्लबबीचको खेल सञ्चालन गर्ने दुई विकल्पबारे छलफल भए पनि खेल तालिका परिवर्तन गर्न अधिकांश क्लबले प्रस्ताव गरेकाले सो निर्णय गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी