2026-07-25 01:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिपिएलमा लागि १ सय ९७ खेलाडी सूचीकृत

असोज १२, काठमाडौँ | आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् । 

पिपिएल आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्ता गराएका छन् । क्विन्स इभेन्ट्सले पिपिएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरेको थियो । 

क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ । क्याप्ड एज लेभलमा नेपालको उमेर समूह (यू–१५, यू–१७, यू–१९, यू–२१ र यू–२३) टोलीको प्रतिनिधित्व गरेका खेलाडी छन् । अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टोलीबाट खेलेका बाहेकका खेलाडी छन् । क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य रु ५० हजार राखिएको छ भने अधिकतम मूल्य रु दुई २ लाख ५० हजार राखिएको छ । क्याप्ड एज लेभलको न्यूनतम मूल्य रु ५० हजार र अधिकतम मूल्य रु एक लाख ५० हजार निर्धारण गरिएको छ । अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य रु ३० हजार र अधिकतम मूल्य रु एक लाख छ । 

यही असोज २ गतेदेखि आजसम्म खेलाडीले आफ्नो नाम दर्ता गराएका हुन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आयोजना हुने पिपिएलमा सहभागी हुने छ टोली र छ मार्की प्लेयर बिहीबार घोषणा गरिएको थियो । प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्सले खेल्नेछन् । 

चितवन राइनोजको टोली स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् । त्यसैगरी विराटनगर टाइटन्स् टोली स्वामित्व पूर्वक्रिकेटर तथा व्यवसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन् । बुटवल ब्लास्टर्सको टोली स्वामित्व रामबहादुर विष्टसहितको व्यवसायीको युवा टोली रहेको छ भने मार्की प्लेयर सोमपाल कामी छन् । 

पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेलसहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर छन् । एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी छन् । हुलास काठमाडौँ रोयल्सको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छासहितको टोली र मार्की प्लेयर ज्ञानेन्द्र मल्ल छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक