2026-06-26 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टी-२० विश्वकप छनोट: नेपालले ३ ओभरमै म्यानमारलाई जित्यो

असोज १७, काठमाडौं । टी-२० विश्वकपको एसिया ‘बी’ छनोटको पहिलो खेलमा म्यानमारले नेपाललाई दिएको ३० रनको झिनो लक्ष्य नेपालले ३ ओभरमै पुरा गर्दै बिजयी बनेको छ । 

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको म्यानमारलाई नेपालले १० ओभरमै अलआउट बनाउन सफल भएको थियो । १० ओभरसम्म टिकेको म्यानमारले जम्मा २९ रन मात्र बनाउन सक्यो । जवाफमा नेपालले ३ ओभरको खेल खेलेर २ विकेट गुमाई आफ्नो लक्ष्य पुरा गरेको छ । 

नेपालले ब्याटिङका क्रममा प्रदिप सिङ ऐरीले कुनै रन जोड्न सकेनन् बहने बिनोद भण्डारीले नट आउट १ रन, करण केसीले १४ रन र अनिल कुमार साहले नटआउट ११ रन जोड्न सफल बने ।  

त्यसअघि खेलमा म्यानमारलाई अलआउट गर्ने दौडमा नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिन सफल भए । त्यस्तै ललित राजबंशीले ३ विकेट लिए भने करण केसी र ललित भण्डारीले एक-एक विकेट लिएका थिए । 

म्यानमारको लागि लिन अंङले सर्वाधिक १६ रन जोडे भने नेपालले ६ जना ब्याट्समेनलाई शून्य रनमै आउट गराउन सक्यो । 

दुई वर्षपछि अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप खेल्ने आकांक्षा राखेको नेपाली क्रिकेट टिम त्यसको पहिलो खुट्किलो पार गर्ने लक्ष्यका साथ मलेसियामा खेल्दैछ । पारस खड्काको कप्तानीमा उक्त टोलीले यस पटक छनोट खेलको च्याम्पियन बन्ने दाउमा छ । 

विश्वकप एसिया छनोट ‘बी’ मा नेपालसँगै आयोजक मलेसिया, सिंगापुर, भुटान, चीन, म्यानमार र थाइल्याण्ड छन् । समुहका शीर्ष तीन टोली अर्को चरणमा पुग्नेछन् । एसियाली छनोट ‘ए’बाट यूएई, कतार र कुवेत शीर्ष तीनमा आइसकेका छन् । समूह ‘बी’बाट तीन टोली थपिएर ६ देशबीच खेल हुनेछ र त्यसमा शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ