2026-07-25 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ए डिभिजन लिग: आर्मीद्वारा सरस्वती पराजित

पुस १३, काठमाडौँ | शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ । 

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको टेक्निकल सेन्टरमा आज भएको खेलमा आर्मीले सरस्वतीलाई ४–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको हो । यो जितसँगै ११ खेल खेलेको आर्मीले २१ अङ्क जोडेको छ भने अङ्क तालिकाको चौथो स्थानमा यथावत छ । 

आर्मीको जितमा नवयुग श्रेष्ठले एक गोल गरे भने कप्तान भरत खवासले दुई गोल गरे । नवयुगले खेलको सातौँ मिनेटमा दीपक गुरुङको पासमा करीब ६ यार्डबाट गोल गर्दै आर्मीलाई शुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ३०औँ मिनेटमा कप्तान भरतले पेनाल्टीमार्फत एक गोल थप्दै आर्मीलाई दोस्रो अग्रता दिलाए । सरस्वती खेलको २८ औँ मिनेटदेखि १० खेलाडीमा सीमित बन्यो । 

सरस्वतीका सुमन लामाले आर्मीका कप्तान भरत खवासलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि उनले दोस्रो पहेँलो कार्ड पाएका थिए । सोही पेनाल्टीलाई सदुपयोग गर्दै आर्मीका कप्तान भरतले गोल गरेका थिए । 

खेलको पहिलो हाफसम्म २–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा पनि समान दुई गोल थप्यो । खेलको ६१औँ मिनेटमा आर्मीका कप्तान भरतले व्यक्तिगत दोस्रो गोल गरे । उनले सन्तोष तामाङको फ्रि किक बललाई सरस्वतीका गोलरक्षक प्रदीप भण्डारीले नियन्त्रणमा लिन नसक्दा आएको रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए । त्यस्तै आर्मीका लागि चौथो तथा अन्तिम विजयी गोल सरस्वतीका विदेशी खेलाडी ओलुसोला एब्राहिमले उपहारस्वरुप आत्मघाती गोल गरे । एघार खेल खेलेको सरस्वती १० अङ्कसहित तालिकाको दशौँ स्थानमा छ । खेलमा म्यान अफ द म्याच आर्मीका कप्तान भरत खवास चुनिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक