2026-07-24 11:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आठौँ राष्ट्रिय खेलकूदका लागि खेलाडी छनोट

फागुन २७, काठमाडौँ | आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेश ३ बाट तेक्वान्दो, खो खो र सेपाकताक्रो खेलाडी छनोट भएका छन् । तेक्वान्दोतर्फ स्पाइरिङ र प्याटर्नमा गरी जम्मा २५ खेलाडी छनोट भएको प्रदेश ३ खेलकूद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी दिनुभयो । 

पुरुषतर्फ मिलन धामी, अनिल तामाङ, कर्साङ दोर्जे स्याङबा तामाङ, आशिष भुजेल, समिर श्रेष्ठ, डेविड घले, सुमित खुलाल मगर, सागर बानियाँ, शिशिर राई, शौरभ घिमिरे, सुजन पुलामी मगर, राजेश बोलखे, मानस थिङ र लाक्पा लामा रहेका छन् । 

महिलामा सोनी खड्का, निलिमा सुनुवार, सचिना सुनुवार, अनिशा कार्की, स्वेता राई, डोल्मा गुरुङ, रञ्जना तुलाङगे, रञ्जिता मगर, रञ्जु पुलामी मगर, सरु घिमिरे र रश्मी थापामगर छन् । 

सेपाकताक्रोको पुरुषमा रुपेश सुनार, दिलीप खत्री, रविन भट्टराई, जिमी कपाली र मिजेश लामा छनोट भए । महिलामा उषा महर्जन, स्वस्तिका श्रेष्ठ, सपना तामाङ, सुष्मा विशुङ्खे र सम्झना तामाङ छानिए । खो खोको पुरुषमा विशाल बस्नेत, पवन महर्जन, इक्रम तामाङ, विष्णु भुसाल, राजन बल, शौरभ महर्जन, किशोर महर्जन, रोहन कपाली, प्रमोद श्रेष्ठ, उमेश दाहाल, नवराज दमरु र सुनील भण्डारी रहेका छन् । महिलामा सुमिना शिल्पकार, कृति कोजु, रोशनी बलमाला, रोजिना दाहाल, सुनिता मानन्धर, अनिशा गोले, सुनिता भुजेल, रिया महर्जन, निर्जला शेर्पा, सविना तामाङ, रक्षा पोखरेल र सुमित्रा हुमागाईं छन् । 

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन चैतमा 

प्रदेश नं ५ मा आयोजन गर्ने भनिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक उद्घाटन आगामी चैत २५ गते गर्ने प्रस्ताव अघि बढेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कार्यकारी समितिको आज बसेको बैठकले आगामी चैत २५ गते औपचारिक उद्घाटन र ३० गते समापन गर्ने गरी मिति तोक्न राखेप बोर्डलाई सिफारिश गर्ने निर्णय गरेको राखेप सदस्य–सचिव केशवकुमार विष्टका प्रेस सल्लाहकार रोहित दाहालले राससलाई जानकारी दिनुभयो । 

राखेप सदस्यसचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको उक्त बैठकले आगामी चैत १९ गतेबाट केही खेल शुरु गर्ने, २५ गते उद्घाटन र ३० गते समापन गर्ने गरी सिफारिश गरिएको राखेपका प्रेस सल्लाहकार दाहालले जानकारी दिनुभयो । यसअघि माघमा आयोजना गर्ने भनिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता भौतिक पूर्वाधार निर्माण सम्पन्न नभएपछि प्रतियोगिता कहिले सञ्चालन हुने भन्ने अन्योल छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक