2026-08-26 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL क्रिकेट: दिल्ली क्यापिटलद्वारा हैदरावाद ३९ रनले पराजित, प्वाइन्ट टेवलमा दिल्ली दोश्रो

वैशाख १, काठमाडौँ | आईपीएलको ३० औं खेल हैदरावादस्थित राजीव गान्धी इंटरनेशनल स्टेडियम अन्तर्गत दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच भएको खेलमा दिल्लीले हैदरावादलाई ३९ रनले पराजित गरेको छ । दिल्लीबाट पाएको १५६ रनको लक्ष्य पछ्याएको हैदराबादको टिम १८.५ ओभरमै ११६ रन मात्र बनाउँदा अल आउट हुन पुग्यो । यो उसको लागि लगातार तेश्रो हार हो । त्यस्तै, दिल्लीको टीमले सनराइजर्सबिरुद्ध २ बर्ष पछी जीत हात पारेको छ । दिल्ल्लीले यस अघि २०१७ को आईपीएलमा हैदरावादलाई पराजित गरेको थियो । हैदरावादसँगको खेलमा २०१७ पछि लगातार तीन पटकसम्म दिल्लीले हैदरावादसँग हार व्यहोरेको थियो । 

हैदराबादको लागि डेविड वार्नरले सबैभन्दा बढी ५१ रन बनाए । उनले ४७ बलको पारीमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै जोनी बेयरस्टोले ४१ रनको पारी खेल्दै दोश्रो विक्केटको लागि ७२ रनको साझेदारी खेले । यी दुईका अलावा हैदरावादका टीमका अन्य कुनै पनि ब्याट्सम्यानले ७ रन भन्दा बढीको रन बनाउन सकेनन् । दिल्लीको लागि कगीसो रबाडाले चार विकेट लिए । त्यस्तै क्रिस मरिस र कीमो पललाई तीन-तीन सफलता मिल्यो । 

रबाडाको तेश्रो ओभरले दिल्लीको खेल घुम्यो 

एक समय यस्तो थियो कि वार्नर एक्लैले खेल जिताउनेछन् । कगिसो रबाडाले आफ्नो तेश्रो ओभरको खेलमा म्याचलाई बदलिदिए । उनले ओभरको तेश्रो बलमा वार्नरलाई कप्तान श्रेयस अय्यरको हातबाट क्याच गराए । त्यसपछि विजय शंकरलाई रिशभ पन्तको हातबाट क्याच गराए । यी दुई ब्याट्सम्यान आउट भएपछि हैदराबादको पारीमा भूकम्प पैदा भएको थियो ।

दिल्लीको लागि श्रेयस अय्यरको रन स्कोर महत्वपूर्ण 

टस जितेर पहिले फिल्ड रोजेको हैदरावाद विरुद्ध ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाई १५५ रन बनाएको थियो । टीमको लागि कप्तान श्रेयस अय्यरले ४५ र कलिन मुनरोले ४० रन बनाए । हैदराबादको लागि खलील अहमदले तीन र भुवनेश्वर कुमारले दुई/दुई विकेट लिएका थिए ।

हैदरावादको लागि खलील अहमदको खेल 

दिल्लीको पहिलो झटका पृथ्वी शा (४ रन) को रुपमा गुम्यो । उनि आउट भएपछि शिखर धवन (७ रन) मात्र बनाएको आउट भए । दुवै ओपनरलाई खलीलले आउट गरेका थिए । अभिषेक शर्माले मुनरोलाई आउट गरेर दिल्लीलाई तेश्रो झट्का दिए । मुनरोले आउट हुनुअघि कप्तान अय्यरसँग तेश्रो विकेटको लागि ४९ रनको साझेदारी खेलेका थिए । अय्यरको विकेट भुवनेश्वरले लिए । ऋषभ पंत (२३ रन) बनाउँदा खलीलकै कारण पवेलियन फिर्ता भए । पन्तले कप्तान अय्यरसँग मिलेर चौथो विकेटको लागि ५६ रनको साझेदारी खेले ।

त्यस्तै क्रिस मरिस (४ रन) लाई राशिद खानले बोल्ड गरिदिए । त्यसपछ भुवनेश्वरले कीमो पललाई (७ रन) को स्कोर बनाउँदा आउट गरे । यसरी हैदरावादले २० ओभरको पुरा खेलमा ७ विकेट लिएर दिल्लीलाई १५५ रन मात्र बनाउन दिएको थियो । तर १५६ रन पछ्याएको हैदरावादले उक्त लक्ष्य पुरा गर्न नसक्दा हार व्यहोर्न पुग्यो । 

आइपीएल – ३० औं खेलसम्मको तालिका  

खेल जितेसँगै यस पटकको IPL मा ३० औं खेल हुँदासम्म दिल्ली दोश्रो स्थानमा उक्लिएको छ । दिल्लीले ८ खेलमा ५ खेल जितेर १० अंक प्राप्त गरेको छ भने सबैभन्दा माथिल्लो स्थानमा रहेको चेन्नई सुपर किंग्स सबैभन्दा माथिल्लो स्थानमा छ । चेन्नईले आफ्नो ८ खेल मध्ये १ खेलमा मात्र पराजय भोगेर १४ प्वाइन्ट प्राप्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग