2026-09-22 09:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL क्रिकेट: बिराट कोहलीको टिमको ७ औं हार (८ टिम को कुन स्थानमा ?)

वैशाख ३, काठमाडौँ | आईपीएलको ३१ औं म्याच वानखेडे स्टेडियम अन्तर्गत सोमबार भएको मुम्बई इन्डिएन्स र रोयल च्यालेंजर्स ब्यांग्लोरबीच भएको खेलमा मुम्बईके ५ विकेटले ब्यांग्लोरलाई पराजित गरेको छ । यस मैदानमा मुम्बईको बिरुद्ध ब्यांग्लोरको सातौँ हार हो । उसले पछिल्लो पटक यो रंगशालामा २०१२ पछि कुनै जीत हात पार्न सकेको छैन । ब्यांग्लोरले पहिले २० ओभरमा ७ विकेट गुमाई १७१ रन बनाएको थियो । उक्त स्कोर मुम्बईले १९ ओभरको खेलमा पुरा गरिदिएको हो । मुम्बईका हार्दिक पाण्डेले १९ औं ओभरको खेलमा निकै आकर्षक पारी खेले । उनले १६ बलमा ३७ रनको बिजयी पारी खेले ।

यस अघि ब्यांग्लोरले २० ओभरमा ७ विकेट गुमाई १७१ रन बनाएको थियो । उसको लागि एबी डिविलियर्स र मोइन अलीले अर्धशतकीय पारी खेले । दुवैले तेश्रो विकेटको लागि ९५ रनको साझेदारी खेले । डिविलियर्सले ७५ र मोइनले ५० रन बनाएका थिए । ब्यांग्लोरको विकेट लिने क्रममा ७ विकेट मध्ये ४ विकेट लसिथ मलिंगाले लिएका थिए ।

ब्यांग्लोरका कप्तान विराट कोहलीलाई खेलको तेश्रो ओभरमा जेसन बेहरेनडॉर्फले ८ रनको मात्र स्कोर बनाउँदा आउट गरिदिए । पार्थिव पटेलले २८ रन बनाएर हार्दिकको बलमा सूर्यकुमारको क्याच थमाए । मार्क्स स्टोइनिस खाता नखोली मलिंगाको बलमा पवेलियन फर्किए । अक्षदीप नाथले २ र पवन नेगीले खाता नखोली पवेलियन फर्किए । 

ब्यांग्लोरले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बई इन्डीयन्सका क्वीनटन डीककले सर्वाधिक ४० रन बनाए  । उनले २६ बलमा उक्त स्कोर जिदेका थिए  । त्यस्तै रोहित शर्माले २८ रन, सुर्य कुमार यादवले २९ रन, इशान किसानले २१ रन, कुर्नाल पाण्डेले ११ रन, हार्दिक पाण्डेले नट आउट रही १६ बलमा ३७ रनको बिजयी पर्दर्शन गरे । ब्यांग्लोरले खेलमा मुम्बईको विकेट लिने क्रममा युजवेन्द्र चाहल र मोइन अलिले २/२ विकेट लिए भने मोहम्मद सिराजले १ विकेट लिन सफल भए । 

८ टिम को कुन स्थानमा ? (टेवलमा हेर्नुहोस्) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित