2026-09-22 09:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपलाई नखेलाउनु दिल्लीको दुर्भाग्य, सट्टा खेलाडी महँगा सावित

वैशाख ६, काठमाडौँ | IPL सिजन १२ अन्तर्गत खेलहरु जारी छन् । बिहिबार रातिको खेलमा दिल्ली र मुम्बई इन्दिएन्बीच खेल भयो । उक्त खेलमा नेपालका लेग स्पीनर सन्दीप लामिछाने टिम ११ मा परेनन् । बिहिबार मुम्बईबिरुद्धको खेलमा सन्दिप लामिछानेलाई नखेलाउनुमा दिल्लीको दुर्भाग्य भएको भन्दै समर्थकहरुले आलोचना गरेका छन् । 

पहिले टस जितेर ब्याटिङ रोजेको मुम्बईले १६८ रनको स्कोर बनाउन सक्यो । उक्त खेलमा बलरहरु हावी हुन नसकेको कारण ठूलो स्कोर खडा भएको बताइएको छ । जसको परिणामले मुम्बई इन्डियन्ससँग आफ्नै घरेलु मैदानमा दिल्ली ४० रनले पराजित हुन पुग्यो । दिल्लीको घरेलु मैदान फेरोज शाह कोट्लामा भएको उक्त खेलमा सन्दीप लामिछानेलाई मौका दिइएन ।

मुम्बईविरुद्धको खेलमा सन्दीपलाई उतार्ने आशा गरिए पनि उनको सट्टामा अरु नै उत्रिए । त्यसो त कोट्ला मैदान स्पीनरहरु चल्ने मैदान मानिन्छ । स्पीनर मैत्री मैदानमा सन्दीपलाई उतारेको भए दिल्लीले जित्ने सम्भावना रहेको समर्थकहरुको भनाई छ । खेलमा सन्दिपको सट्टा खेलाईएका अन्य बलरहरु निकै महँगा सावित भए । सन्दीपको सट्टामा वेस्ट इन्डिजका किमो पउल र दक्षिण अफ्रिकाका क्रिस मोरिस खेलेका थिए ।

उक्त मैदानमा दिल्लीको लागि अक्षर पटेल र अमित मिश्रा दुवै जना स्पीनरले निकै राम्रो खेले । दुवै स्पीनरले उत्कृष्ट बलिङका साथै १/१ विकेट पनि लिन सफल भए । तर सन्दिपको सट्टा खेलाईएका किमो पउलले ३ ओभरमा ३७ रन र क्रिस मोरिसले ३ ओभरमा ३९ रन दिए र कुनै विकेट लिन सकेनन् ।

आईपीएलमा अहिलेसम्मका सबै खेलमा सन्दिपले विकेट लिएको रेकर्ड छ । त्यसमा पनि उनको इकोनोमी रेट पनि निकै राम्रो अवस्थामा छ । सन्दिपको ब्याटिङ केहि राम्रो नभएकाले अलराउन्डरलाई दिल्लीले बढी ध्यान दियो तर सोचेको नतिजा प्राप्त गर्न सकेन । ब्याटिङतर्फ मोरिसले ९ बलमा ११ रन जोड्न सके पनि पउलले कुनै रन नलिई आउट हुन पुगे । दिल्लीले यस सिजनका ९ खेल खेल्दा सन्दीपलाई ४ खेल खेल डियो जसमा सबै खेलमा सन्दिपले विकेट लिएका थिए । यदी बिहिबारको खेलमा १ विकेट मात्र लिन सकिएको र रन रोक्न सकिएको भए दिल्लीले खेल आफ्नो पक्षमा पार्न सक्ने देखिन्थ्यो । 

दिल्लीले २ जना मात्र स्पीनर उतार्दा रणनीतिलाई बुझ्दै मुम्बईले दिल्लीको इनीङलाई प्रभावित पार्ने गरि तीन जना स्पीनर प्रयोग गर्‍यो । जस अनुसार उसका स्पीनरहरुले उत्कृष्ट पर्दर्शन पनि गरे ।

खेलको हारपछि दिल्लीका कप्तान श्रेयस अयरले खेलमा २० रन बढि भएको प्रतिक्रिया दिए । जुन स्कोरलाई सन्दिपले रोक्न सक्ने समर्थकहरुको प्रतिक्रिया छ । 

आइपीएल करियरमा ७ खेल खेलेरसबै खेलमा विकेट लिएका सन्दिपलाई आगामी खेलमा दिल्लीले टिम ११ मा स्थान देला-नदेला हेर्न बाँकी छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित