2026-09-22 09:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिपको टिम आइपीएल अंकतालिकामा सबैभन्दा माथी उक्लियो, राजस्थान ६ विकेटले पराजित

वैशाख १०, काठमाडौँ | इन्डियन प्रीमियर लीगको ४० औं खेल अन्तर्गत सोमबार राति सवाई मानसिंह स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटलले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ । राजस्थानको घरेलु मैदानमा पछिल्लो ७ बर्षदेखि जितको रेकर्ड बनाउन नसकेको दिल्लीले सोमबार रातिको खेलमा जित हाँसिल गर्दै ७ बर्षदेखिको रेकर्ड तोड्न सफल भएको हो । खेलमा जित दर्ता गरेसँगै ११ खेलमा ७ खेल जित्दै दिल्ली आईपीएल अंकतालिकामा सबैभंन्दा शिर्ष स्थानमा पुगेको छ । १० खेल खेलेर ७ खेल जितेको चेन्नई सुपरकिंग्स दोश्रो स्थानमा छ । त्यस्तै तेश्रो नम्बरमा रहेको मुम्बई इन्डीएन्सले १० खेलमा ६ खेल जितेको छ । 

सोमबार रातिको खेलमा टस जितेर पहिले फिल्डीङ रोजेको दिल्लीबिरुद्ध ब्याटिङ गर्ने क्रममा राजस्थान रोयल्सले २० ओभरमा ६ विकेटको क्षेतीमा १९१ रनको सम्मानजनक स्कोर जोडेको थियो । तर त्यस लक्ष्यलाई १९.२ ओभरको खेलमा ४ विकेटको क्षेतीमा पुरा गर्दै दिल्लीले आइपीएलको यस सिजनको ७ औं जित हाँशिल गरेको हो । 

राजस्थानले पहिले ब्याटिङ गर्ने क्रममा उसको ओपनर ब्याट्सम्यान अजिंक्य राहाणेले नट आउट ६३ बल खेलेर १०५ रनको फराकिलो पारि खेलेका थिए ।  उनले ३ छक्का र ११ चौका प्रहार गरेका थिए । उनका अलावा स्टेभ स्मिथले ३२ बलमा ५० रन जोडे । त्यस्तै स्टुवर्ट वीनीले १३ बलमा १९ रन जोडे । बाँकी ब्याट्सम्यानहरुले ८ रन भन्दा बढी बनाउन सकेनन् । राजस्थानको ६ विकेट लिने क्रममा दिल्ली क्यापिटलका कगीसो रवाडाले २ विकेट, इशान्त शर्माले १ विकेट, अक्षर पटेलले १ विकेट र क्रीस मरोसले १ विकेट लिएका थिए ।

राजस्थानले दिएको १९२ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटलका लागि पृथ्वी शाले ३९ बलमा ४२ रन, शिखर धावनले २७ बलमा ५४ रन, श्रेयस ऐयरले ५ बलमा ४ रन, रिशभ पन्तले ३६ बलमा ७८ रन जोडे । रिशभ पन्तकै पारीले सोमबार रातिको खेल दिल्ली क्यापिटले जित्न सफल भएको हो । रिशभ पन्तले ४ छक्का र ६ चौका प्रहारे उक्त स्कोर बनाएका हुन् । त्यस्तै दिल्लीका लागि शेरफान रुदरफर्डले नटआउट रही ११ रन र कोलिन इन्ग्रामले नट आउट ५ बलमा ३ रन जोडेका थिए । यसरी दिल्ली क्यापिटलले राजस्थान रोयल्सले दिएको १९२ रनको लक्ष्य  ४ बल बाँकी छंदानै पुरा गरेको हो ।  

हेर्नुस आइपीएल सिजन १२ को ४० औं खेलसम्मको अंकतालिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित