यो जितसँगै आइपीएल सिजन १२ को सबैभन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यो जितसँगै आइपीएल सिजन १२ को सबैभन"/>

2026-09-22 09:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL क्रिकेट: पहिलो पटक RCB सातौँ स्थानमा उक्लियो, पन्जाव पराजित

वैशाख १२, काठमाडौँ | एबि डिविलियर्सले नटआउट रही ८२ रनको शानदार अर्धशतक र मार्कस स्टोयनिस नट आउट ४६ रनको फराकिलो पारी खेलेपछि रोयल च्यालेन्जर्स ब्यांग्लोरले किंग्स इलाभेन पन्जाबलाई १७ रनले पारजित गरेको छ |

यो जितसँगै आइपीएल सिजन १२ को सबैभन्दा पुछार (८ औं  स्थान) बाट पहिलो पटक ब्यांग्लोर सातौँ स्थानमा उक्लिएको छ | उसले ११ खेलमा ४ खेल जितेर सातौँ स्थानमा उक्लिएको हो | साथै कोहलीको यो टिमले प्लेअफको आशा अझै जीवित राखेको छ |

धमाकेदार शुरुआतपछि पन्जाबले चौथो ओभरको दोश्रो बलमा ठुलो झट्का खायो जसमा क्रिस गेल २३ रन बनाकर आउट भए | उनलाई उमेश यादवले एबी डिविलियर्सको हातबाट बाउन्ड्रीमा क्याच गराए | त्यसपछि ३५ रन बनाउँदा मयंक अग्रवाल पनि आउट भए | खेलको तेश्रो विकेट केएल राहुल ४२ रन बनाएर आउट भए | 

यस अघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको ब्यांग्लोरको टीमले पन्जाबलाई २०३ रनको लक्ष्य दिएको थियो | खेलमा ब्यांग्लोरले पन्जाव बिरुद्ध पुरा २० ओभरको खेल खेल्दै ४ विकेटको क्षेतीमा २०२ को बिशाल स्कोर बनाएको थियो | खेलमा कप्तान विराट कोहलीले भने १३ रन मात्र बनाएर आउट भए | खेलमा ब्यांग्लोरको लागि डेविलियर्स र स्टोयनिसले पाँच विकेटको लागि १२१ रनको अविजित साझेदारी गर्दै पन्जावलाई फराकिलो स्कोर खडा गरिदिएको थियो | 

ब्यांग्लोरले अन्तिम ३ ओभरमा ६४ रन जोडेको थियो | पन्जाबको लागि मोहम्मद शमी, मुरुगन अश्विन, कप्तान रविचंद्रन अश्विन र हार्डस विलजोएनले १/१ विकेट लिएका थिए | 

ब्यांग्लोरको लक्ष्य पछ्याउने क्रममा पन्जावका केएल राहुलले ४२ रन, क्रिस गेलले २३ रन , मयंक अग्रवालले ३५ रन, डेभिड मिलरले २४ रन, निकोलस पूरानले ४६ रन बनाए | बाँकी खेलाडीले ४ रन भन्दा बढी बनाउन सकेनन् | पन्जावको ७ विकेट गिराउने क्रममा ब्यांग्लोरका उमेश यादवले ३ विकेट, नवदीप सैनीले २ विकेट र मार्कस स्टोइन्स र मोईन अलिले १/१ विकेट लिए | 

अंक तालिका हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित