2026-09-22 09:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएलः राजस्थानद्वारा कोलकाता पराजित (८ टिम कुन-कुन स्थानमा ?)

वैशाख १३, काठमाडौँ | ईण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई ३ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली कोलकाताले १७६ रनको लक्ष्य प्रस्तुत गरेकोमा उक्त लक्ष्यलाई राजस्थान रोयल्सले १९.२ ओभरको खेलमा पुरा गर्दै विजय हाँशिल गरेको हो । बिजेता बनेसँगै राजस्थान यस सिजनको ११ खेलमा ८ अंक सहित सातौँ स्थानमा पुगेको छ । आजको खेलमा जितेसँगै राजस्थानको प्ले अफमा पुग्ने सम्भावना जिवितै छ । तर रनरेटको आधारमा समान अंक भए पनि विराट कोहलीको टिमलाई राजस्थान रोयल्सले पछाडी धकलेको छ । 

खेलमा पहिले ब्याटिङ गर्दै कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । कोलकाताका लागि दिनेश कार्तिकले नट आउट ९७ रनको योगदान दिए । यस्तै सुवमन गिलले १४, नितिस रानाले २१, सुनिल नारिनले ११ र आन्द्रे रसेलले १४ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । खेलमा कोलकाताविरुद्ध भरुन आरोनले २ तथा ओसान थुम्सा, श्रेयस गोपाल र जयदेव अनाडकटले समान एक/एक विकेट लिए ।

१७६ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सका लागि अजिंक्य राहाड़ेले २१ बलमा ३४ रन, संजु सामसनले २२ रन, स्टेभ स्मिथले २ रन, बेन स्टकले ११ रन, रियान परागले सर्वाधिक ४७ रन, स्टुवर्ट बिन्नीले ११ रन, श्रेयस गोपालले १८ रन र जोफ्रा आर्चरले नट आउट रही १२ बलमा निकै २७ रनको पारि खेले । यसरी राजस्थान रोयल्सले ४ बल बाँकी छंदै लक्ष्य हाँशिल गर्यो र १७७ रनको स्कोर खडा गरिदियो । राजस्थानको ७ विकेट लिने क्रममा पिउस चावलाले ३ विकेट, सुनिल नारानेले २ विकेट र प्रसिद्ध कृष्ण तथा आन्द्रे रसेलले समान १/१ विकेट लिए । 

आइपीएल सिजन १२ को ४३ औं खेलसम्मको अंकतालिका तल हेर्न सक्नुहुनेछ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित