2026-08-26 09:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL क्रिकेट: १०९ रनमै चेन्नई अलआउट, मुम्बईले ४६ रनले हरायो (अंकतालिका सहित)

वैशाख १४, काठमाडौँ | मुम्बई इंडियन्सले आइपीएलको ४४ औं खेलमा चेन्नईलाइ ४६ रनको फराकिलो स्कोरले पराजित गरिदिएको छ । कप्तान रोहित शर्माको शानदार ब्याटिङमा लसिथ मलिंगाको शानदार बलिङको बलमा मुम्बईले चेन्नईको पुरै टिमलाई मात्र १०९ रन मात्र बनाउन दिएर विजय हाँशिल गरेको हो ।

मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटमा १५५ रन बनाएको थियो । चेन्नईको टिमले १७.४ ओभरमा मात्र १०९ रनमा अलआउट भयो ।यो मुंबईको यस सीजनमा चेन्नईको टिम बिरुद्ध लगातार दोश्रो जीत हो । यस अघि मुंबईमा भएको म्याचमा पनि टीमले ३७ रनले जित हाँशिल गरेको थियो ।

मलिंगा र क्रुणालको बालिङले चेन्नईका ब्याट्सक्रम तोड्दै मुम्बईले सानदार खेल पर्दर्शन गरेको छ । मलिंगाले चेन्नईमाथि पहिलो विकेट लिंदै वाटसनलाई आउट गर्यो । टीमको लागि खतरा सावित भएका ड्वेन ब्रावो र मिशेल सेन्टनरको विकेट पनि मुंबईको लागि मलिंगाले लिए । 

मुंबईले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईको शुरुआत निकै खराव थियो । पछिल्लो खेलमा शानदार ब्याट्सम्यान मानिएका ओपनर शेन वाटसन ८ रन मात्र बनाएर आउट भए ।

मलिंगाले वाटसनको राहुल चाहरको हात मार्फत क्याच गराए । आज चेन्नईको कप्तानी गरेका सुरेश रैना मात्र २ रन मात्र बनाएर आउट भए । लगातार फ्लप बन्दै गएका अंबाती रायडूले आफ्नो खाता पनि नखोली आउट भए ।

केदार जाधवको विकेट पनि क्रुणालले मुंबईको झोलीमा हाले । केदार ६ रन मात्र बनाएर पबेलीयन फर्किए । त्यसपछि ध्रुव शौरीको विकेट पतन भयो । लगातार गिरेको विकेटलाई मुरली विजयले केहि आशा दिलाउंदै थिए तर उनि पनि ३८ रन बनाएर आउट भए, उनलाई जसप्रीत बुमराहले १२ औं ओभरको चौथो बलमा आउट गरिदिए ।

मुंबईको लागि मलिंगाले ३.४ ओभरमा ३७ रन दिएर ४ विकेट लिए जबकि क्रुणाल पाण्डे र जसप्रीत बुमराहले २/२ विकेट लिए ।

यसअघि मुंबईले टस हारेर ब्याटिङ गर्दै कप्तान रोहितको ६७ र इविन लुईसको ३२ रनको पारीको सहयोगमा पुरा २० ओभरमा १५५ रनको स्कोर खडा भएको थियो । 

चेन्नईको लागि सेन्टनरले ४ ओभरमा १३ रन दिएर २ विकेट हासिल गरेका थिए । त्यस्तै दीपक चाहर र इमरान ताहिरले १/१ विकेट लिएका थिए । 

आइपीएल सिजन १२ को ४४ औं खेलसम्म आईपुग्दा चेन्नई सुपर किंग्स १२ खेलमा ८ खेल जित्दै सबैभन्दा शिर्ष स्थानमा छ भने मुम्बई इन्दियन्स दोश्रो स्थानमा छ । मुम्बईले ११ खेलमा ७ खेल जित्दै १४ अंक बनाएको छ भने तेश्रो स्थानमा दिल्ली क्यापिटलले समान अंकमा छ । त्यस्तै चौथो स्थानमा सनराइजर्स हैदरावादले १० खेलमा ५ खेल जित्दै १० अंक बनाएको छ । अब २७ अप्रिल (आज बेलुका) सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स आमनेसामने हुनेछन् । राजस्थान रोयल्स ११ खेलमा ४ खेल जित्दै पुछारबाट दोश्रो स्थानमा छ । उसले आजको खेल जिते प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई थप बलियो बनाउने छ । 

अंक तालिका हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग