2026-08-26 09:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेइमार परे यस्तो कारबाहीमा

बैशाख १४, काठमाडौं – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएइएफए)ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएइएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो ।

प्रतिबन्धसँगै नेइमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती तीन खेल्न पाउने छैनन् । पीएसजी लिग च्याम्पियन बन्दै आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भइसकेको छ ।

यस सिजनको च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयप्रति नेइमारले आपत्तिजनक प्रतिक्रिया दिएका थिए । सोही कारण युएइएफएले नेइमारलाई प्रतिबन्ध गरेको हो ।

उक्त खेलमा पीएसजी युनाइटेडसँग ३–१ गोलले पराजित हुँदै बाहिरिएको थियो । रेफ्रीले युनाइटेडलाई भिएआरको सहायतामा पेनाल्टी दिएका थिए । सोही पेनाल्टीका कारण पीएसजी च्याम्पियन्स लिगबाट बाहिरियो ।

चोटका कारण बेन्चमा बसेर खेल हेरेका नेइमारले खेलपछि सामाजिक सञ्जालमा रेफ्रीको निर्णयविरुद्ध आपत्ति जनक प्रतिक्रिया लेखेका थिए । फुटबल नबुझेको रेफ्रीले अनावश्यक पेनाल्टी दिने निर्णय गरेको भन्दै नेइमार रेफ्रीविरुद्ध खनिएका थिए । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग