२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

गोरखाको पर्यटन प्रबर्द्धन गर्न ‘लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार’ म्याराथन हुने

२०७६, १ भाद्र आईतवार १२:२४

मनोज पराजुली, भदौ १, गोरखा | गोरखाको पर्यटन प्रबर्द्धन गर्नको लागि ३८ कि.मि. लामो  लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार म्याराथन हुने भएको छ। गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचोक गाँउपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा भाद्र २५ गते उक्त म्याराथन हुन लागेको हो ।

"नेपालको उत्पत्तिदेखि जगसम्म" को अवधारणामा भाद्र २५ गते "लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार" गर्न लागिएको गोरखा नगरपालिका राजनराज पन्तले जानकारी दिए । गोरखाको ऐतिहासिक, धार्मिक, संस्कृतिक महत्व बारे जानकारी गराउंदै 'नेपाल भ्रमण वर्ष २०२०' लाई सहयोग पुर्याउन म्याराथन आयोजना गर्न लागिएको पन्तले जानकारी दिए । गोरखाको वास्तविक अवस्थाबारे भावी पुस्तालाई जानकारी दिंदै अन्तरिक प्रयटन प्रबर्द्धन गर्न सहयोग पुर्याउने उदेश्यले म्याराथन आयोजना गर्न लागिएको उनले बताए । 

यस वर्षबाट शुरु गर्न लागिएको म्याराथान्लाई हरेक वर्ष निरन्तरता दिने पन्तले बताए। साथै गोरखा नगरपालिकाले 'गोरखा जाउँ' अभियान नै संचालन गर्न लागिएको उनले जानकारी दिए ।

Image may contain: 3 people, people sitting and indoor

पालुङ्गटार नगरपालिका वडा नं. २, लिगलिगकोट शुरु भई गोरखा नगरपालिका वडा नं ६, गोरखा दरवारमा पुगेर दौड अन्त्य हुने जनाइएको छ। सिरानचोक गाउपालिका वडा नं. ५, चित्रेपोखरीलाई टर्निङ प्वाइन्ट बनाइएको छ । दौडका लागि दर्ता शुल्क २ सय तोकिएको छ ।

म्याराथनमा प्रथम हुनेलाई  १ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख र तेश्रो हुनेलाई ७५ हजारका साथै मेडल र प्रमाणपत्र दिइने जनाईएको छ। त्यस्तैगरि दौडमा चौंथो देखि दशौँसम्म हुनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ। चौथो, पाँचौ, छैटौ, सातौँ, आठौ, नवौ र दशौँ  हुनेलाई क्रमश ५०,०००, ३५,०००, ३०,०००,:२५,०००,  २०,०००, १५,०००, १०,००० र  मेडल तथा प्रमाणपत्र दिइने छ।

भदौ १ अर्थात आजबाट नै दरखास्त आवेदन खुल्ला गरिएको छ, भने दरखास्त दिने अन्तिम मिति भदौ २३ गते रहेको छ । भदौ २४ गतेसम्म सहभागी खेलाडीहरु लिगलिगकोट आइपुग्ने छ भने २५ गते विहान ६ बजेदेखि दौड संचालन हुने जनाइएको छ।  २५ गते नै समापन तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ । सम्पर्क कार्यालयको रुपमा गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचोक गाँउपालिका र नेपाली सेना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति