७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापालाई

१६ आश्विन २०७६, बिहीबार ०९:०६

असोज १६, गोरखा । पर्वतका अनिष थापाले दशौं लिगलिगे दौडको उपाधि हात पारेका छन् । १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेका हुन्। 

थापालाई ६० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पनि उपलब्ध गराइएको छ। दौड जितेसँगै अनिषलाई श्रीपेच र पगरी लगाएर लिगलिगे राजा घोषित गरिएको छ। थापालाई श्रीपेचसहित मोटरमा राखेर पालुङटार नगर परिक्रमा गराई राजा बनाएर आज एक रात लिगलिगकोटमा नै राख्ने कार्यक्रम रहेको छ। भारतीय सेनामा आबद्ध थापाले यस अघि ३ पटकसम्म लिगलिगे दौडको उपाधि जितिसकेका छन् ।


एक घण्टा १ मिनेट ८ सेकेण्डमा निर्धारित दूरी पार गरि नेपाली सेनाका खगेन्द्र बहादुर भाट दोस्रो भएका छन्। त्यस्तै एक घण्टा १ मिनेट ३४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नेपाली सेनाकै रामजी बस्नेत तेस्रो भए। उनीहरुले क्रमश नगद ३५ र २५ हजारका साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।

१६६ जना सहभागी दौडमा दशौं स्थानसम्म हासिल गर्ने सहभागीलाई पुरस्कारको व्यवस्था गरिएको छ। पालुङटार नगरपालिका, नेपाली सेना र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । चेपे र मस्र्याङदी नदीको दोभान चेपेघाटबाट सुरु भएको दौड लिगलिगकोट दरबार पुगेर टुङ्गएिको हो। 

महिलातर्फ बड्डाँडाबाट लिगलिगकोट सम्मको ५ कि.मी. दूरीको खुल्ला दौड प्रतियोगिता पनि भएको छ। स्थानीय लिगलिगवासी र छात्रछात्रादेखि ४० वर्षभन्दा माथिका उमेर समूहका लागि पनि छुट्टाछुट्टै प्रतियोगिता दौड भएको थियो । यस वर्ष प्रतियोगिताको पुरस्कार रणसिंह दल गणले उपलब्ध गराएको हो ।

प्रतियोगिताका लागि नगरपालिकाले १३ लाख तथा खेलकुद परिषद र टुरिजम बोर्डको तर्फबाट ५/५ लाख रकम सहयोग गरेका छन् । लिगलिगकोटलाई पर्यटकीय थलोको रुपमा विकास गरेर पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ प्रतियोगिता गर्दै आएको लिगलिग कोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी