२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापालाई

२०७६, १६ आश्विन बिहीबार ०९:०६

असोज १६, गोरखा । पर्वतका अनिष थापाले दशौं लिगलिगे दौडको उपाधि हात पारेका छन् । १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेका हुन्। 

थापालाई ६० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पनि उपलब्ध गराइएको छ। दौड जितेसँगै अनिषलाई श्रीपेच र पगरी लगाएर लिगलिगे राजा घोषित गरिएको छ। थापालाई श्रीपेचसहित मोटरमा राखेर पालुङटार नगर परिक्रमा गराई राजा बनाएर आज एक रात लिगलिगकोटमा नै राख्ने कार्यक्रम रहेको छ। भारतीय सेनामा आबद्ध थापाले यस अघि ३ पटकसम्म लिगलिगे दौडको उपाधि जितिसकेका छन् ।


एक घण्टा १ मिनेट ८ सेकेण्डमा निर्धारित दूरी पार गरि नेपाली सेनाका खगेन्द्र बहादुर भाट दोस्रो भएका छन्। त्यस्तै एक घण्टा १ मिनेट ३४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नेपाली सेनाकै रामजी बस्नेत तेस्रो भए। उनीहरुले क्रमश नगद ३५ र २५ हजारका साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।

१६६ जना सहभागी दौडमा दशौं स्थानसम्म हासिल गर्ने सहभागीलाई पुरस्कारको व्यवस्था गरिएको छ। पालुङटार नगरपालिका, नेपाली सेना र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । चेपे र मस्र्याङदी नदीको दोभान चेपेघाटबाट सुरु भएको दौड लिगलिगकोट दरबार पुगेर टुङ्गएिको हो। 

महिलातर्फ बड्डाँडाबाट लिगलिगकोट सम्मको ५ कि.मी. दूरीको खुल्ला दौड प्रतियोगिता पनि भएको छ। स्थानीय लिगलिगवासी र छात्रछात्रादेखि ४० वर्षभन्दा माथिका उमेर समूहका लागि पनि छुट्टाछुट्टै प्रतियोगिता दौड भएको थियो । यस वर्ष प्रतियोगिताको पुरस्कार रणसिंह दल गणले उपलब्ध गराएको हो ।

प्रतियोगिताका लागि नगरपालिकाले १३ लाख तथा खेलकुद परिषद र टुरिजम बोर्डको तर्फबाट ५/५ लाख रकम सहयोग गरेका छन् । लिगलिगकोटलाई पर्यटकीय थलोको रुपमा विकास गरेर पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ प्रतियोगिता गर्दै आएको लिगलिग कोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति