७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाललाई साग फुटबलमा चौथो पटक सफलता

२४ मंसिर २०७६, मंगलवार १२:३७

मङ्सिर २४, काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो ।

मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।

खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले  २-१ को जितसँगै स्वर्ण जितेको छ ।

फुटबलमा नेपालको यो कीर्तिमानी स्वर्ण हो । लगातार दुई संस्करणमा साग फुटबलमा स्वर्ण जित्ने देशको सूचीमा भारत र पाकिस्तानसँगै नेपाल पनि आएको छ । साथै साग फुटबलमा पाकिस्तान बनाएको चार स्वर्णको रेकर्ड भेट्टाएको छ ।

नेपालले पछिल्लो पटकसन् २०१६ मा भारतमा भएको १२औं सागमा घरेलु टोलीलाई पराजित गर्दै स्वर्ण जितेको थियो । यस्तै सन् १९९४ को पहिलो संस्करणमै फुटबलको स्वर्ण जितेको नेपालले १९९३ मा छैटौ संस्करणमा पनि स्वर्ण जितेको थियो ।


तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मङ्गगलबार दशरथ रङ्गशालामा भएको नेपाल र भुटानबीचको फाइनल फुटबल खेलमा गोल गरेपछि नेपाली दर्शक खुसी हुँदै । तस्वीरः रोशन सापकोटा/रासस


तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मङ्गगलबार दशरथ रङ्गशालामा भएको नेपाल र भुटानबीचको फाइनल फुटबल खेलमा गोल गर्दै नेपाली खेलाडी । तस्वीर: रोशन सापकोटा/रासस

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मङ्गगलबार दशरथ रङ्गशालामा भएको नेपाल र भुटानबीचको फाइनल फुटबल खेलमा गोल गरेपछि प्रतिक्रिया दिँदै नेपाली खेलाडी । तस्वीरः रोशन सापकोटा/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी