२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मार्मा गाउँपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

२०७६, ११ फाल्गुन आईतवार १४:३९

फागुन ११, दार्चुला | मार्मा गाउँपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । मार्मा गाउँपालिका उपाध्यक्ष बागमती ठगुन्नाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पूर्व सन्ध्यामा पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा मार्मा गाउँपालिका अन्तर्गत रहेका छ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा लटिनाथ मावि रस्कोट, अपिपथ प्रदर्शक मावि शेरी, सल्लेधार मावि मुरै, तपोवन मावि पडपडा र दुर्गेश्वर मावि घोल्जरको सहभागिता रहेको छ । 


लटिनाथ मावि रस्कोटस्थित खेलकुद मैदानमा शुरु भएको प्रतियोगितामा एथलेटिक्स अन्तर्गत १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर रिले दौड हुनेछ । यस्तै ४ गुणा १ सय र ४ सय ४ सय रिले दौड प्रतियोगिता राखिएको अपि पथप्रदर्शक मावि शेरीका शिक्षक विरेन्द्र महराले जानकारी दिनुभयो ।

यस्तै ज्याम्लीङ थ्रो, सटफुट, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्पका खेलहरु हुनेछन् । यस्तै कबड्डी र भलिवल प्रतियोगितामा विद्यालयहरुले सहभागिता जनाएका छन् । सबै खेलहरुमा छात्रछात्रा छुट्टा छुट्टै हुने छ । 

पछिल्लो समय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मार्सल आर्टसका खेलहरु समावेश गरिएको भएपनि मार्मामा भने कुनै पनि विद्यालयले यो खेलमा सहभागिता जनाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी