२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल हङकङसँग ४३ रनले पराजित

१८ फाल्गुन २०७६, आईतवार ०५:५८

फागुन १८, काठमाडौँ | एसिसी टी-२० पूर्व क्षेत्र क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ | यो संगै नेपालको लगातार तेश्रो हार हो | आइतबार भएको खेलमा हङकङसले नेपाललाई ४३ रनले पराजित गरेको हो |

यसअघि मलेसियासंग भएको खेलमा नेपाल २२ रनले पराजित भएको थियो | थाइल्यान्डमा भइरहेको प्रतियोगितामा आइतबार हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमा अलआउट भयो |

हङकङसँग हारसँगै शीर्ष दुईमा रहेर एसिया कप छनोट खेल्ने नेपालको लक्ष्य कठिन मोडमा पुगेको हो | नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ४६ रन बनाए | उनले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गरे | उनीसँग ओपनिङ गरेका कुशल मल्लले १४ बलमा १४ रन जोड्न सफल भए |

त्यस्तै पारस खड्का ४ रन, दीपेन्द्रसिंह ऐरी ५ रन, पवन सर्राफ १ रन, विनोद भण्डारी ५ रन, आरिफ शेख १० रन, करण केसी ७ रन र सन्दीप लामिछाने ० मा आउट भए | अभिनास बोहाराले आउट हुनुअघि १२ रन जोडे | 

प्रतियोगितामा नेपाल, मलेसिया, हङकङ, थाइल्यान्ड र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ | प्रतियोगिताका शीर्ष २ टिम एसिया कप छनोटमा पुग्नेछन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ? चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै पटक-पटक अपमानित हुनुपरेको भन्दै कैलालीमा ४६ जनाले सामूहिक राजीनामा दिँदै छाडे एमाले स्वर्णलक्ष्मीमा लामिछानेको बयान- ऋणको जवाफदेहिता जीबीकै हुन्छ पोखराका सहकारी पीडितलाई भेट्नै चाहेनन् गगनले चरेससहित दुईजना महिला पक्राउ पोखराबाट थुनछेक आदेश नआउँदै रवि लामिछानेविरुद्ध काठमाडौँमा अर्काे मुद्दा दायर