७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिकेटः चार दिने टेस्ट उपयुक्त नरहेको गाँगुलीको भनाई

२४ असार २०७७, बुधबार ०९:३५

असार २४,नयाँदिल्ली । (रासस–एएफपी) भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाँगुलीले चार दिवसीय टेस्ट क्रिकेट उपयुक्त नरहेको बताउनु भएको छ । क्रिकेटको विश्व निकायले टेस्ट क्रिकेटलाई पाँच दिनबाट चार दिनमा सीमित गर्नेगरी प्रस्ताव गरेको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सन् २०२३ देखि लागू हुनेगरी टेस्ट क्रिकेटलाई चार दिनमा सीमित गर्न प्रस्ताव गरेको छ । विगतमा दक्षिण अफ्रिका र मोजाम्बिक तथा इङ्ल्यान्ड र आइरल्यान्डबीच अन्तर्राष्ट्रिय मान्यताप्राप्त चार दिने टेस्ट खेल भइसकेका छन् । तर भारतीय क्रिकेट बोर्डले आइसीसीको उक्त धारणाको विरोध गर्दै आएको छ ।

भारतीय क्रिकेट बोर्डले आयोजना गरेको अनलाइन छलफलमा गाँगुलीले भन्नुभयो, “मलाई चार दिने टेस्ट खेलमा त्यति रुची छैन किनभने मेरो विचारमा अधिकांश टेस्ट खेलको नतिजा चार दिनमा आउँदैन ।”

उहाँले खेल चार दिनमा सीमित भएपछि खेल्ने शैलीमै परिवर्तन आउँछ भन्नुभयो । उहाँले पाँच दिने टेस्ट खेल निकै प्रतिस्पर्धात्मक र उत्कृष्ट रहेको बताउनुभयो ।

विश्व क्रिकेट परिषदको अध्यक्षका दाबेदार समेत मानिएका गाँगुलीले दिवा–राति टेस्ट खेल हुन सक्ने बताउनुभयो । सन् २०१८ मा अस्ट्रेलियासँग रात्रि टेस्ट खेल्न अस्वीकार गरेको भारतले गत वर्ष बंगलादेशसँग कोलकातामा गुलाबी बल प्रयोग गर्न सहमति जनाएको थियो ।

दुई खेलको यस शृङ्खला अन्तर्गत कोलकाताको खेल तीन दिनभित्रै समाप्त भएको थियो । यो शृङ्खला भारतले २–० ले जितेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी