१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय खेलकूद परिषद्को सदस्यसचिवका लागि दरखास्त आह्वान

२७ असार २०७७, शनिबार ०६:२२

असार २७, काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले सो आह्वान गरेको हो । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गठित सिफारिस समितिको शुक्रबार बसेको बैठकले सदस्यसचिवका लागि कार्यविधि तय गरी दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै सदस्यसचिव बन्नका लागि सात दिनभित्र कार्ययोजनासहित दरखास्त पेश गर्न आग्रह गरेको छ । सदस्यसचिवका लागि नेपाली नागरिकताको प्रतिलिपि, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविश्द्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपि र खेलकूद क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको प्रतिलिपि पेश गर्न मन्त्रालयले सूचना जारी गरेको छ । तोकिएको समयभित्र प्राप्त भएका कार्ययोजनालाई सिफारिस समितिले अध्ययन गरी थप स्पष्ट हुन चाहेमा बैठकमा बोलाएर छलफल गर्नेछ । कार्ययोजना अध्ययनपछि समितिले कार्ययोजनाको आधारमा कम्तीमा एक महिलासहित तीन जनाको नाम बैठकबाट निर्णय गरी मन्त्रालयमा पठाउने छ । नयाँ खेलकूद विकास ऐन, २०७७  यही असार ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि नयाँ सदस्यसचिव नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको हो । 

नयाँ सदस्यसचिव छान्न युवा तथा खेलकूद मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिको संयोजकमा मन्त्रालयका सचिव थपिलया तथा सदस्यमा रिम रानाभाट र इन्दिरा निरौला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा मानबहादुर विकेका अनुसार उक्त समितिले सदस्यसचिवका लागि एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । सिफारिस गरिएका नाममध्ये एक जनालाई मन्त्रिपरिषद्ले सदस्यसचिवमा नियुक्त गर्ने प्रावधान छ ।

नयाँ खेलकद ऐन लागू भएपछि राखेपका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललगायत पदाधिकारी पदमुक्त भएका थिए । मन्त्रालयले मन्त्रालयकै खेलकूद विभाग महाशाखाका प्रमुखसमेत रहनुभएका भक्तराज ढकाललाई कार्यबाहक सदस्यसचिवको जिम्मेवारी सुम्पेको छ । राखेपमा खुला आह्वानबाट सदस्यसचिव नियुक्त हुनलागेको यो पहिलोपटक हो । यसअघि युवा तथा खेलकूदमन्त्रीले नै सदस्यसचिव नियुक्त गर्ने चलन थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल