४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कोभिड १९ असर : यस वर्ष लिगलिगे दौड प्रतियोगिता नहुने

१९ आश्विन २०७७, सोमबार ०६:२६

मनोज पराजुली | असोज १९, गोरखा । गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने 'लिगलिगे दौड' प्रतियोगिता यस वर्ष नहुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष लिगलिगे दौड प्रतियोगिता नहुने लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले साझा सवाललाई जानकारी दिए । 

गोरखाको इतिहास जगेर्ना गर्न बि. स. २०६७ सालदेखि हरेक वर्ष बिजयादशमीको अवसर पारेर लिगलिगकोट विकास अभियानले लिगलिगे दौड प्रतियोगिता संचालन गर्दै आएको थियो ।

लिगलिगे दौड प्रतियोगितामा स्थानीय मात्र नभएर देश विदेशबाट समेत भाग लिन आउने गर्दछन् अध्यक्ष रानाले भने 'कोरोना महामारीको जोखिम रहेको अहिलेको अवस्थामा भिडभाड हुनेगरी दौड प्रतियोगिता संचालन गर्न उपयुक्त देखिएन त्यसैले यस वर्ष दौड प्रतियोगिता नगर्ने निर्णय गरेका छौं ।'

दौड प्रतियोगितामा सहभागीहरुले चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु गरेर १३.८ किलोमिटर दूरी दौडेर लिगलिग कोटसम्म पुग्नुपर्नेछ । दौडमा जो पहिले लिगलिगकोटसम्म पुग्छ उसलाई नै लिगलिगे राजा घोषणा गरिंदै आएको छ।

गोरखा र लमजुङको सीमानामा पर्ने मर्स्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरू हुने दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङ्गिने गर्दछ । गत वर्ष दसौं लिगलिगे दौड प्रतियोगिता २०७६ को उपाधि पर्वतका अनिष थापामगरले जितेका थिए । 

लिगलिगकोट चिनारी

लिगलिगकोट गोरखा जिल्लाको साविकको आँपपिपल गाविस वडा नम्बर ४ हालको पालुङटार नगरपालिका वडा नम्बर २ खोल्लीमा पर्दछ । ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो। लिगलिगकोट समुन्द्री सतहबाट करिब १,४३७ मिटर अर्थात ४,७९० फिट उचाईमा अवस्थित छ । गोरखा जिल्लाका ३९ वटाकोटहरुमध्ये लिगलिगकोट एक हो । लिगलिगकोट नेपाल एकिकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो । यहाँ आजभन्दा ४६० वर्ष पहिले बि.स.१६१५ सम्म दौड जित्ने मानिस एक बर्षको लागि राजा बन्ने परम्पराको रहेको थियो । बि सं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि दौड प्रतियोगिता हुन छाडेको थियो । शाह वंशको अन्त्य पश्च्यात ४ सय ५२ वर्ष पछि २०६७ सालदेखि पुन: दौड प्रतियोगिता संचालन गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ