२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कोभिड १९ असर : यस वर्ष लिगलिगे दौड प्रतियोगिता नहुने

२०७७, १९ आश्विन सोमबार ०६:२६

मनोज पराजुली | असोज १९, गोरखा । गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने 'लिगलिगे दौड' प्रतियोगिता यस वर्ष नहुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष लिगलिगे दौड प्रतियोगिता नहुने लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले साझा सवाललाई जानकारी दिए । 

गोरखाको इतिहास जगेर्ना गर्न बि. स. २०६७ सालदेखि हरेक वर्ष बिजयादशमीको अवसर पारेर लिगलिगकोट विकास अभियानले लिगलिगे दौड प्रतियोगिता संचालन गर्दै आएको थियो ।

लिगलिगे दौड प्रतियोगितामा स्थानीय मात्र नभएर देश विदेशबाट समेत भाग लिन आउने गर्दछन् अध्यक्ष रानाले भने 'कोरोना महामारीको जोखिम रहेको अहिलेको अवस्थामा भिडभाड हुनेगरी दौड प्रतियोगिता संचालन गर्न उपयुक्त देखिएन त्यसैले यस वर्ष दौड प्रतियोगिता नगर्ने निर्णय गरेका छौं ।'

दौड प्रतियोगितामा सहभागीहरुले चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु गरेर १३.८ किलोमिटर दूरी दौडेर लिगलिग कोटसम्म पुग्नुपर्नेछ । दौडमा जो पहिले लिगलिगकोटसम्म पुग्छ उसलाई नै लिगलिगे राजा घोषणा गरिंदै आएको छ।

गोरखा र लमजुङको सीमानामा पर्ने मर्स्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरू हुने दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङ्गिने गर्दछ । गत वर्ष दसौं लिगलिगे दौड प्रतियोगिता २०७६ को उपाधि पर्वतका अनिष थापामगरले जितेका थिए । 

लिगलिगकोट चिनारी

लिगलिगकोट गोरखा जिल्लाको साविकको आँपपिपल गाविस वडा नम्बर ४ हालको पालुङटार नगरपालिका वडा नम्बर २ खोल्लीमा पर्दछ । ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो। लिगलिगकोट समुन्द्री सतहबाट करिब १,४३७ मिटर अर्थात ४,७९० फिट उचाईमा अवस्थित छ । गोरखा जिल्लाका ३९ वटाकोटहरुमध्ये लिगलिगकोट एक हो । लिगलिगकोट नेपाल एकिकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो । यहाँ आजभन्दा ४६० वर्ष पहिले बि.स.१६१५ सम्म दौड जित्ने मानिस एक बर्षको लागि राजा बन्ने परम्पराको रहेको थियो । बि सं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि दौड प्रतियोगिता हुन छाडेको थियो । शाह वंशको अन्त्य पश्च्यात ४ सय ५२ वर्ष पछि २०६७ सालदेखि पुन: दौड प्रतियोगिता संचालन गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी