भाष्कर के.सी | साउन २३, कञ्चनपु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी | साउन २३, कञ्चनपु"/>
2026-06-24 01:02 AM
कन्चनपुर - KNC

नेपाल–भारत हाफ मेराथन दौड प्रतियोगितामा सम्पन्न

भाष्कर के.सी | साउन २३, कञ्चनपुर | अन्तराष्ट्रिय मित्रता दिवश (इन्टरनेश्नल फ्रारेण्डशिप डे) को अवशरमा नेपाल–भारत सशस्त्र सिमा सुरक्षा बलले सयुक्त आयोजना गरेको नेपाल–भारत हाफ मेराथन दौड प्रतियोगितामा सम्पन्न भएको छ । 

विहान नेपाली समयअनुसार ७:१५ बाट शसस्त्र सिमा बल सारदा बैरेज देखि शुरु भएको दौड गड्डाचौकी भन्सार हुदैं बह्रमदेब– टनकपुर भएर २१.९ कि.मि.को दुरी तय गरेको थियो ।

जम्मा सहभागी ९१० जना रहेका थिए जसमा नेपालबाट पुरुष सहभागी १५८, महिलाको सहभागी २७ रहेको थियो, नेपाल बाट जम्मा १८५ जनाले सहभागीता जनाएका थिए भने भारतबाट पुरुष सहभागी ६५० र महिला सहभागी ७५ गरी ७२५ जना रेहका थिए ।

दौडमा पुरुष तर्फ प्रथम कालीदास लक्षमण हिरवे, दास्रो लालजी यादव भारतको तर्फ बाट भएका थिए भने तेस्रो भुमिराज राई नेपाल को तर्फबाट भएका थिए उनी नेपाल सशस्त्र प्रहरीमा कार्यरत छन् । त्यसै गरी महिला तर्फ नेपाल सशस्त्रप्रहरीकी कान्छीमाया कोजु प्रथम, दोस्रो भारतकी अरपती सेनी  र तस्रो  फुलमती राना भएकी छन् उनी पनि नेपाल सशस्त्र प्रहरीमै कार्यरत छन्  ।

प्रथम पुरुस्कार भारु ५० हजार नगद सहित पुरुषलाई हिरोको मोटर साइकल र  महिलातर्फ भारु ५० हजार नगद सहित हिरोको स्कुटी प्रदान गरिएको थियो  । दोस्रो विजेता महिला पुरुष दुबै लाई भारु ३०/३० हजार प्रदान गरिएको थियो । त्यसैगरी तेसो विजेता दुबै लाई भारु १०÷१० हजार प्रदान गरिएको थियो ।

नेपालका सशस्त्र प्रहरी बलका डी.आई.जी राजेश श्रेष्टले यस भन्द पहिले पनि मैत्रिपुर्ण खेलहरु भई रहेको र यसले नेपाल भारतको सम्बन्ध अझै महत्वपूर्ण  बनाउने बताउनु भयो ।  त्यसै गरी भारत पिलिभित सिमा सुरक्षा बलका आई.जी.पी. श्यास सिंहले यस्ता दुई देशिय प्रतियोगिताले सिमामा भएका जनताहरुमा भाइचारा ल्याउनुको साथै दुवै देशको मित्रता अझै सुमधुर हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे