२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाँचथरमा आमन्त्रित भलिबल प्रतियोगिता हुने

२०७९, १३ पुष बुधबार १२:४२

कमल घिमिरे । पौष १३ । पाँचथर, पाँचथरको फिदिममा तेस्रो अन्तरपालिका स्तरीय आमन्त्रित नकआउट पूरुष भलिबल प्रतियोगिता हुने भएको छ । 

फिदिम नगरपािलिका – ६ शिवामा वर्षेनी लाग्दै आएको ऐतिहासिक अर्थे मेलाको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइएको छ । आगामी माघ २३ देखी सुरु हुने प्रतियोगितामा पाँचथर सहित इलाम, ताप्लेजुङ, तेह्रथुम, झापा र भोजपुरका १० पालिका सहभागी हुने आयोजकले जनाएको छ । 

भलिबल प्रतियोगिताको विजेताले नगद ७० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन भने उपविजेताले नगद ५० हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन । खेलमा म्यान अफ् दि म्याच, वेष्ट स्पाइकर, बेष्ट रेजर र वेष्ट डिफेन्सलाई पनी आकर्षक पुरस्कारको व्यवस्था गरिएको अर्थे मेला व्यवस्थापन समितिका अध्यक्ष दिल तुम्रोकले जानकारी दिनुभयो ।

भलिबल प्रतियोगिता सँगै प्रथम शिवा साहित्यिक– साँस्कृतिक महोत्सव, स्रष्टा तथा सँस्कृतिकर्मी सम्मान, केलाङ साकेला , हुर्रा लगायत मौलिक रैथाने साँस्कृतिक नाच प्रदर्शनी, बहुभाषिक रचना वाचन, गायन तथा नृत्य प्रस्तुती हुने आयोजकले जनाएको छ । 

मेलामा लिम्बु जातिको मौलिक परिकार सेरगेम, किनामा, लुङ्घाक्चा, याङ्बेन लगायतको स्टल राखिने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट