2026-07-25 03:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोन्टी देसाईको बिदाइ सन्देश– यो बिदाइ होइन, धन्यवाद हो

काठमाडौँ | नेपाल क्रिकेट टिमका निवर्तमान मुख्य प्रशिक्षक मोन्टी देसाईले जिम्मेवारीबाट अलग भएका छन् । जिम्मेवारीमुक्त भएपछि उनले आइतबार सामाजिक सञ्चालमार्फत एउटा बिदाइ सन्देश लेखेका छन् ।

उनले नेपाली खेलाडी, सहयोगी, समर्थक, नेपाल क्रिकेट संघ (क्यान) र आमनागरिकलाई सम्बोधन गरेर लामो बिदाइ सन्देश लेखेका छन् ।

उनले बिदाइ सन्देशमा यो बिदाइ नभएको बरु धन्यवाद भएको बताए । “नेपाल मेरो घरजस्तो भएको छ । यहाँको क्रिकेट खेलमात्र होइन, यो एक भावना हो, जसले यो राष्ट्रलाई एकजुट गर्छ ! जय नेपाल !,” उनले भनेका छन् ।

शनिबारमात्रै क्यानले देसाईसँगको सम्झौता अवधि (दुई वर्ष) पूरा भएको जनाउँदै अब नवीकरण नगर्ने जनाएको थियो ।

यस्तो छ देसाईको बिदाइ सन्देश

प्रिय नेपाल,

यो बिदाइ होइन, तर एक हार्दिक धन्यवाद हो ! जनवरी १०, २०२३ मा मैले नेपाल क्रिकेट संघसँगको अवसरलाई अँगालें । अज्ञातको सामना गर्दै उत्साह र उद्देश्यका साथ, नेपाल क्रिकेटमा दीर्घकालीन प्रभाव छोड्ने एउटा कथा बनाउने आशा गर्दै ।

यी दुई वर्ष अविस्मरणीय थिए, प्रिय क्षणहरू र साझेदारी गरिएको कोशेढुंगाहरूले भरिएका । त्रिवि मैदानमा एशिया कप छनोट, जहाँ दर्शकहरू रुखमा चढेर र छाता लिएर उभिएका थिए । र, मुलपानीमा विश्वकप छनोट, जहाँ भीड उर्जाशील थियो, यी सबैले नेपालको जोश र लचकता परिभाषित गरे ।

यो यात्रा उतार–चढावका क्षणहरूबाट भरिएको थियो । र, म खुसी छु कि मैले क्यान व्यवस्थापन, चयनकर्ता, खेलाडीहरू, प्रशिक्षकहरू, अधिकारीहरू, स्कोररहरू, मैदानकर्मीहरू, क्यामेरा म्यानहरू, कमेन्टेटरहरू र मेरो कप्तान रोहित पौडेलसँग सानो भूमिका निभाउन सकें । प्रत्येक व्यक्तिले आफ्नो तरिकाले योगदान दिएको छ र मैले बनाएको मित्रता र सहकार्यलाई गहिरो रूपमा कदर गर्छु ।

खेलाडीहरूलाईः तपाईहरू लाखौंको सपना बोकेर खेल्नुहुन्छ । सधैं धरातलमा रहनुहोस् । वान बल ब्याटल मानसिकतामा विश्वास गर्नुहोस् । र बाउन्ड्रीतर्फ अघि बढिरहनुहोस् । ह्यापी ड्रेसिङ रुमको दर्शन जुन सम्बन्ध, खुलापन, एकता र जिम्मेवारीमा आधारित छ, सधैं तपाईहरूको सामथ्र्य हुनेछ ।

सहायक स्टाफलाईः पर्दा पछाडि तपाईंहरूको निरन्तर प्रयासहरू अमूल्य थिए । मेरो माग केवल उत्कृष्टताका लागि हामीलाई अगाडि बढाउनको लागि थियो । मेरो पक्षमा खडा रहनु भएकोमा धन्यवाद ।

दर्शकहरूलाईः तपाईंहरूको अडिग समर्थन हाम्रो सबैभन्दा ठूलो बल थियो । यो टोलीमा विश्वास राख्न जारी राख्नुहोस् ।

क्यान व्यवस्थापनलाईः नेतृत्वको अवसरको लागि धन्यवाद । आधार तयार छ ! एकजुट रहनुहोस् र नेपाललाई गर्वित बनाउन जारी राख्नुहोस् ।

नेपालका जनतासम्मः नेपाल मेरो घर जस्तो भएको छ । यहाँको क्रिकेट खेल मात्र होइन, यो एक भावना हो जसले यो राष्ट्रलाई एकजुट गर्छ ! जय नेपाल !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक