2026-07-25 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहा सामूहिक बलात्कार घटना : प्रदेश प्रहरीले थाल्यो अनुसन्धान

सिरहा | सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार, पञ्चायतीपछि मृत्यु घटनाको छानबिनका लागि गठित प्रदेश प्रहरीको टोलीले पनि अनुसन्धान थालेको छ ।

घटनाबारे समाचार आएपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले मंगलबार एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको थियो । जिल्ला प्रहरीबाहेक एसएसपी कोइराला नेतृत्वको टोलीले पनि पीडितको घरमै पुगेर घटनाबारे जानकारी लिएको हो । स्थलगत अवलोकनका क्रममा पीडित परिवार र स्थानीयसँग बयान लिँदा सामूहिक बलात्कारको विषय सार्वजनिक भएपछि गाउँमा पञ्चायती भएको र पञ्चायतीका क्रममा लेनदेनको कुरा पनि भएको तथ्य फेला परेको परेको टोलीमा रहेका प्रहरी निरीक्षक बिक्रम साहले बताए । यसबारे मुद्दाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लहानलाई जानकारी गराएको उनले बताए ।

प्रदेश प्रहरीको टोलीले स्थानीय प्रहरीलाई अनुसन्धानमा सघाउने तथा त्यसको निगरानी गर्ने काम गरेको साहले जानकारी दिए । ‘हामीले छानबिन तथा अनुसन्धानका क्रममा प्राप्त तथ्य स्थानीय प्रहरीलाई दिएर अनुसन्धानमा सघाउने तथा निगरानी गर्ने काम गर्छौं,’ उनले भने । प्रदेश प्रहरी टोलीले पीडित परिवारको सुरक्षा निगरानी गर्न पनि लहान प्रहरीलाई निर्देशन दिएको छ ।

यसैगरी, पीडित परिवारलाई आफूहरुले ढुक्कसँग सबै कुरा बताएर अनुसन्धान सहयोग गर्न पनि भनेको प्रहरी निरीक्षक साहले जनाए । यता, इलाका प्रहरी लहानले पीडित परिवारलाई पूरक जाहेरी दिन आग्रह गरेको छ । यथार्थतामा आधारित भएर घटनामा संलग्न रहेका व्यक्तिहरुलाई किटान गरेर पीडित परिवारलाई पूरक जाहेरी दिन मागेको लहानका प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले बताए ।

‘यो घटनाको विषयमा हामीकहाँ सुरुमा धेरै जानकारी आएन, बुझ्दै जाँदा थप कुरा आएपछि पूरक जाहेरी मागेका छौं,’ डीएसपी सोतीले भने, ‘अहिलेसम्म पूरक जाहेरी आइपुगेको छैन, चाँडै आउँछ, हामी निरन्तर पीडित परिवारको सम्पर्कमा छौं ।’

गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुकुमारीको स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेकी थिइन् । उनी भोलिपल्ट बिहानमात्रै घर पुगेकी थिइन् । वडासदस्यसहितका स्थानीयको संलग्नतामा भोलिपल्ट र तेस्रो दिन पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । सोही साँझ (माघ ३० गते) पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

बाहिरबाट ढोका बन्द गरिएको अवस्थामा भिक्र झुण्डिएको भेटिएकाले उनको मृत्युलाई परिवारजनले शंकास्पद भनेका छन् । पीडित किशोरीको मृत्युपछि बिहीबार मुसहर समुदायका अगुवासहित आफन्त जाहेरी लिएर इलाका प्रहरी लहान पुगेका थिए ।

उनीहरुले पीडकहरु रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डल तथा धम्की दिने स्थानीय रामपुकार मण्डल गरी चार जनाविरुद्ध जबरजस्ती करणी तथा आत्महत्या दुरुत्साहनको जाहेरी लिएर गए पनि प्रहरीले एक जनाको नाम मात्रै उल्लेख गर्न लगाएको आरोप लगाएको छ । जिल्ला प्रहरी सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले पीडित परिवारले एक जनाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिए अनुसार आफूहरु अगाडि बढेको दाबी गरेका छन् ।

यसैबीच घटनामा संलग्न माथि कारवाही माग गर्दै मंगलबार काठमाडौंस्थित माइतीघर मण्डलामा प्रदर्शन भएको छ । सिरहासहित मधेशका जिल्लाका युवाहरूको समूहले माइतीघरमा दोषीलाई कारवाही माग गर्दै प्रदर्शनसहित रिंकुको सम्झनामा मैनबत्ती बालेका थिए ।

घटनामा संलग्न र पञ्चायती गर्नेहरूलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ । मधेशमा बलात्कारजस्ता जघन्य अपराधका घटनालाई पनि गाउँमै मिलाउन पञ्चायती गर्ने प्रवृत्ति अझै अन्त्य हुन नसकेको सिरहाका शिव यादवले बताए । ‘देशमा ऐन, कानुन छ, तर राज्यका संयन्त्र त्यसको कार्यान्वयनमा कहिल्यै गम्भीर भएनन्,’ उनले भने, ‘जसले गर्दा पञ्चायतीजस्तो कुप्रथा अझै जीवित छ ।’

रिंकुकुमारीको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा दलित महिला संघले ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति माग गरेको छ ।

संघले मंगलबार विज्ञप्ति मार्फत जनप्रतिनिधिलगायतले जघन्य अपराधको घटना पञ्चायती गरेर गाउँमै दबाउन र प्रहरीले पीडितलाई दबाब दिएर मुद्दा कमजोर बनाउन खोज्नुले कानुनी व्यवस्थाकै खिल्ली उडाएको उल्लेख छ । घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई सुरक्षा, उचित राहत तथा क्षतिपूर्ति दिन पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली