2026-07-25 06:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोजरले खसालेको ढुङ्गा लागेर बालकको मृत्यु

काठमाडौँ | सडक बनाइ रहेको डोजरले खसालेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ भने आमा सक्त घाइते भएकी छन् ।
मृत्यु हुनेमा सोरु गाउँपालिका वडा न १० धैन गाउँ निवासी नौले नेपाली र कल्पना नेपालीका १० वर्षिय छोरा लोकजङ्ग नेपाली रहेको र लोकजङ्गको आमा कल्पना नेपाली सक्त घाइते भएको स्थानीय आशिष देवकोटाले जानकारी दिए ।

घरायसी कामको लागि हुम्ला गएर आइतवार घर फर्कर्दै गर्दा साँझ ६ बजे तिर गाउँ नजिक सडक खनी रहेको डोजरले खसालेको ढुङ्गा लाग्दा छोराको घटनास्थल मै मृत्यु भएको हो भने आमा घाइते भएकी हुन् ।

कर्णाली प्रदेश सरकारको लगानीमा दोमुख-गमगढी-नाक्चेलाग्ना सडक अन्तरगत सोरु गाउपालिका १० बजेदेखि दोमुखसम्म ठेकदारले सडकको ट्रयाक खोल्न काम गरिरहेको थियो । घाइते आमाको स्थानीय स्वास्थ्य चौकिमा उपचार भैरहेको र थप उपचारका लागि जिल्ला अस्पताल मुगु लिने तयारि भैरहेको घटना स्थलमा पुग्नु भएका प्रहरी निरिक्षक अचुत राज आचार्यले जानकारी गराए ।

आइतबार साझ घटना हुना बित्तिकै प्रहरी चौकी कालैबाट प्रहरी टोलि खटिइ घटना स्थलमा पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक अचुतराज रेग्मीको नेतृत्वमा सोमबार विहानै घटना स्थलमा घटनाको अनुसन्धान गर्न थप प्रहरी टोली पुगेको थियो ।

सडक निर्माण गर्दा सुरक्षाका उपाय नअपनाइ ठेकदार पक्षले लापरबाही गरी काम गर्दा यो घटना घटेको स्थानियहरुले आरोप लगाएका छन् ।
घटना कसरी घट्यो, सडक निर्माण कम्पनिले सुरक्षाका उपाय अपनायको थियो कि थिएन सबै कुरा प्रहरीले अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउने प्रहरी निरिक्षक आचार्यले बताए ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढिबाट ५० किमि सडक दुरिमा टाढा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक