Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा

२०८१, ५ चैत्र मंगलवार १७:१५

काठमाडौँ | नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचनबाट अलग हुने घोषणा गरेको छ ।

१०० जनाले मतदान गरेपछि मतदान प्रक्रिया रोकिएको थियो । त्यसपछि क्याम्पस प्रमुख, निर्वाचन समिति र विद्यार्थी प्रतिनिधिहरूबिच छलफल भएको थियो । लामो समयसम्मको बैठकपछि पनि कुनै निष्कर्ष निस्किन सकेको थिएन ।

त्यहीबेला अनेरास्ववियुले निर्वाचन प्रक्रियाबाट बाहिरिने घोषणा गरेको हो । अनेरास्ववियुले निर्वाचन प्रक्रियाबाट बाहिरिने घोषणा गर्दै ज्ञापनपत्र बुझाएपछि अहिले निर्वाचन समितिको बैठक बसिरहेको छ ।

फर्जी विद्यार्थीलाई मतदान गर्न दिएको भन्दै विद्यार्थीहरूले विवाद सिर्जना गरेपछि निर्वाचन रोकिएको थियो । त्यसपछि लामो समयदेखि सर्वपक्षीय बैठक बसेर सहमतिको प्रयास भएको थियो । मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, संगठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसेको थियो ।

अन्य विद्यार्थी संगठनहरूले अनेरास्ववियुले हार्ने डर भएपछि चुनाव बिथोल्न खोजेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली