५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएफसी वुमन्स एसियन कपको छनोटमा नेपाल र उज्वेकिस्तान एकै समूहमा

१४ चैत्र २०८१, बिहीबार १५:१५

काठमाडौँ |  एएफसी वुमन्स एसियन कप २०२६ को छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ। आज भएको ड्रअनुसार नेपालको समूहमा उज्वेकिस्तान, लाओस र श्रीलंका परेका छन्।

यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछन्। समूहको छनोट खेल जुन २३ देखि सुरू हुनेछ।

समूहको विजेता मात्र अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी वुमन्स एसियन कप २०२६ मा छनोट हुनेछ।

छनोटबाट आठ समूहका विजेताले एसियन कपमा स्थान पक्का गर्नेछन्।

१२ टोलीबीच हुने वुमन्स एसियन कपमा चार टोली यसअघि नै छनोट भइसकेका छन्। अस्ट्रेलिया आयोजकको रूपमा छनोट हुँदा अघिल्लो संस्करणको विजेता चीन, उपविजेता दक्षिण कोरिया र तेस्रो बनेको जापानले स्वत: स्थान पक्का गरेका थिए।

नेपालले आफ्नो समूहमा शीर्ष स्थान हात पार्न सके पहिलो पटक एसियन कप खेल्न सक्नेछ।

तर फिफा वरीयतामा ५०औं स्थानमा रहेको आयोजक उज्वेकिस्तानको चुनौती पार्न गर्न नेपाललाई कठिन हुनेछ। वरीयतामा नेपाली महिला टोली ९९औं स्थानमा छ। नेपालको समूहका लाओस १०७औं र श्रीलंका १५८औं स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता