५ जेष्ठ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपालको जलवायु मुद्दाको केन्द्रमा बालबालिका तथा युवा’

१४ बैशाख २०८२, आईतवार ११:३४

काठमाडौँ | मुलुकभरका एक सय बढी बालबालिका तथा युवाले जलवायु परिवर्तन र यसबाट उत्पन्न सङ्कटका बारेमा चिन्ता व्यक्त गर्दै त्यसबाट जोगिने उपायको खोजी गरेका छन् । बालबालिका तथा युवा (वायु) संवादका लागि भेला भएका उनीहरूले सरकारको आयोजनामा हुन गइरहेको अन्तरराष्ट्रिय ‘सगरमाथा संवाद’को सन्दर्भमा बालबालिका तथा युवाको नेतृत्वमा जलवायु परिवर्तन प्रतिकार्यका विषयमा छलफल गरेका थिए ।

विशेषगरी २४ वर्षमुनिका युवाले नेपालको झन्डै आधा जनसङ्ख्या ओगट्ने अवस्थामा यो कार्यक्रमले एक महत्त्वपूर्ण सन्देश दिएको वन तथा वातावरण मन्त्रालय उपसचिव डा प्रकाशसिंह थापाले जानकारी दिनुभयो । सो कार्यक्रममा सहभागी २० वर्षीय निश्चल भट्टले भन्नुभयो, “जलवायु परिवर्तन भविष्यको चिन्ता होइन, यो आजकै यथार्थ हो, हामी युवासँग परिवर्तन ल्याउने जोश र शक्ति छ । हामी जलवायु न्यायसहितको र उत्थानशील समाज निर्माणमा योगदान दिनका लागि अनुकूल वातावरणको माग गरिरहेका छौँ ।”

जलवायु परिवर्तनमा उनीहरूको योगदान धेरै कम भए पनि बालबालिका तथा युवाले यसको परिणाम सबैभन्दा बढी व्यहोर्नुपरेको छ । अत्यधिक गर्मी, भीषण वर्षा, जलवायुजन्य विपद् र प्रदूषित हावापानीका कारण उनीहरूको स्वास्थ्यमा जोखिम, कुपोषणमा वृद्धि र अध्ययनमा बाधा पुगिरहेको छ । नेपालमा सङ्क्रामक कीटजन्य रोग, खाद्य सुरक्षा तथा विद्यालय बन्द हुनुसँग जलवायु परिवर्तन जोडिएको छ । यी सबै चुनौतीले बालबालिका तथा युवाहरू बढी प्रभावित छन् ।

“सबै बालबालिकाले सुरक्षित र स्वस्थ वातावरणमा हुर्कन पाउने अधिकार राख्छन् । जलवायु परिवर्तनले यस अधिकारलाई दैनिक रूपमा जोखिममा पारिरहेको छ”, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका कार्यवाहक आवासीय संयोजक डा एलिस अकुङ्गाले भन्नुभयो । वायु संवादमा बालबालिका तथा युवाको नेतृत्वमा गरिएको जलवायु सङ्कट समाधानको प्रदर्शनी, श्रव्यदृश्य प्रदर्शन, जलवायु उत्थानशीलतासम्बन्धी विज्ञ सत्र र दुई अन्तरपुस्तीय प्यानल छलफल समावेश थिए ।

पहिलो सत्रमा शिक्षा, स्वास्थ्य, पानीजस्ता आधारभूत सेवामा जलवायु परिवर्तनको प्रभावबारे छलफल गरिएको थियो । दोस्रो सत्रमा जेठ २ देखि ४ गते हुन गइरहेको सगरमाथा संवादको मूल विषयसँग मेल खाने गरी पर्वतीय पारिस्थितिकी, जलवायु परिवर्तन र मानवताको भविष्यबारे प्रकाश पारिएको थियो । सो संवादमा बालबालिका, किशोरकिशोरी तथा युवाले जलवायु परिवर्तनसम्बन्धी आफ्ना प्रत्यक्ष अनुभव तथा स्थानीयस्तरमा गरिरहेका प्रयास पनि साझा गरेका थिए ।

कार्यक्रमको एउटा मुख्य उपलब्धि भनेको सहभागी बालबालिका तथा युवाद्वारा तयार गरिएको घोषणापत्रलाई लिइएको छ । त्यसमा उनीहरूले जलवायु परिवर्तनप्रति उत्थानशील नेपाल निर्माणका लागि आफ्ना माग, प्रतिबद्धता र प्रस्तावित कार्य समेटेका छन् । यो घोषणापत्र सगरमाथा संवादअघि यसको सचिवालयमा बुझाइने छ ।

“बालबालिका र युवालाई हाम्रो जलवायु प्रतिबद्धताको केन्द्रमा राख्दै नेपाल विश्वभर नै उदाहरण बनेकामा हामी गर्व गर्छौँ”, कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले भन्नुभयो, “हाम्रो दोस्रो राष्ट्रिय रूपमा निर्धारण गरिएको योगदानले बालबालिका तथा युवाको आवश्यकतालाई पहिल्यै समावेश गरिसकेको छ र यो विश्वकै सबैभन्दा समावेशी दस्तावेजमध्ये एक हो ।” उहाँले वायु संवाद युवाका आवाजलाई नीतिमा, व्यवहारमा र हरियाली तथा उत्थानशील नेपालको यात्रामा परिणत गर्ने अत्यन्तै महत्त्वपूर्ण मञ्च भएको मन्त्री शाहीको भनाइ थियो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले बालबालिका र युवाको अगुवाइमा भएको कार्यक्रमको प्रशंसा गर्दै संवादका निष्कर्षले नेपालका नीति तथा योजनालाई मार्गदर्शन गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो आज प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा ऊर्जामन्त्री खड्का र युएईका सहायक विदेशमन्त्रीबीच भेटवार्ता सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प युक्रेनमा शान्ति कायम गर्नका लागि बेवास्ता गरेकोमा पुटिनले मुल्य चुकाउनु पर्छ: स्टार्मर प्रथम महिलाले सगरमाथा आरोहण गरेको ५० वर्ष पूरा जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँः राष्ट्रपति ट्रम्प मिश्रको बहस सकियाे ,आदेश आउन बाँकी गाजामा अब क्यान्सरको उपचार असम्भब :डब्लुएचओ अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता नेपाललाई भारतको २ वटा बन्दरगाहबाट सबै सामान ल्याउन छुट प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट अब आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई