2026-07-25 09:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको चालु आर्थिक वर्षको खर्चसम्बन्धी समीक्षा बैठकमा उहाँले आगामी आवको बजेट सबै क्षेत्र, भूगोल र आवश्यकतालाई समेटेर बनाउनुपर्ने बताउनुभयो ।

“आयोजना प्रमुखले कति खर्च गर्नसक्ने हो, खर्च गर्नसक्ने बजेट मात्र मागौँ, थालिएका आयोजना समयमा सम्पन्न गरौँ”, मन्त्री खड्काले भन्नुभयो । बजेटको न्यायोचित वितरण हुनुपर्ने भन्दै उहाँले मन्त्रालयको कामलाई थप प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

ऊर्जामन्त्री खड्काले मन्त्रालयभित्र हुने अनावश्यक खर्च रोक्नुपर्ने धारणा राख्दै मातहतका सबै निकाय र कर्मचारीले नतिजा देखिने गरी काम गर्नुपर्ने बताउनुभयो ।

ऊर्जा सचिव सुरेश आचार्यले राष्ट्रिय गौरवका बहुउदेश्यीय आयोजनाको सन्तोषजनक प्रगति हुन नसकेको बताउनुभयो । उहाँले आगामी आवको बजेट तथा कार्यक्रमलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिँदै विनियोजित बजेट कार्यान्वयनमा सबै इमान्दार बन्नुपर्ने उहाँको भनाइ छ ।

सचिव आचार्यले सरकारले भर्खरै ल्याएको ऊर्जा विकासका लागि मार्गचित्रको लक्ष्यलाई हासिल गर्न बजेटको अपर्याप्तता रहेको भन्दै बजेटको सिलिङ बढाउन मन्त्रालय प्रयासरत रहेको बताउनुभयो ।

सिँचाइ सचिव सरिता दवाडीले राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउँदा एउटा आयोजनामा खर्च हुन नसकेको बजेट अर्को आयोजनामा लगाउने गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले भूमिगत सिँचाइलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै किसानका खेतमा पानी पुगेपछि मात्र सिँचाइको उपदेहिता देखिने उहाँको भनाइ थियो ।बताउनुभयो ।

सचिव दवाडीले आगामी आवका लागि चालु आवभन्दा कम बजेटको सिलिङ प्राप्त भएको भन्दै यसलाई बढाउन मन्त्रालयले पहल गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक