९ जेष्ठ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुडी समाज काठमाडौँको अध्यक्षमा महतो निर्वाचित

१४ बैशाख २०८२, आईतवार १६:५७

काठमाडौँ | सुडी समाज काठमाडौँको आज यहाँ सम्पन्न १४औँ वार्षिक साधारणसभाले शीतलप्रसाद महतोको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । ‘सुडी समुदायको स्वाभिमान, सम्मान र पहिचानका लागि सशक्त समाज’ भन्ने मूल नाराका साथ सम्पन्न साधारणसभाले समाजको प्रथम उपाध्यक्षमा शङ्कर साह सुडी र उपाध्यक्षमा विनय गामीलाई चयन गरेको छ ।

महासचिवमा डा प्रकाशचन्द्र पञ्जियार, सचिवमा वीरेन्द्रकुमार साह, कोषाध्यक्ष विनोद महासेठ र सह–कोषाध्यक्षमा अञ्जु चौधरीलाई चयन गरिएको छ । सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठले सुडी समुदायको विकास र उन्नयनका लागि नयाँ योजना तथा दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले अनुशासित, मर्यादित समाजको निर्माण गर्न हरेक अभिभावकले आफ्ना बालबालिकालाई उचित र समयसापेक्ष शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

समाजका पूर्वअध्यक्षद्वय प्रा डा रामनन्दनप्रसाद चौधरी र डा अशोक महासेठ, समाजका अग्रज डा शङ्करप्रसाद सुडीलगायतले सुडी समुदाय र जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि समाजका अगुवाले सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । समाजका उपाध्यक्ष अनिता निराला र समाजका अगुवा डा वैजनाथ महतोले समाजको विकास र समृद्धिका लागि सबैले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोडमा दिनुभयो ।

समाजका नवनिर्वाचित अध्यक्ष महतोले समाजभित्रको यथार्थता आत्मसात् गरेर सुडी समाजको सङ्गठनात्मक सुदृढीकरण र समाजको उन्नयनका लागि सम्बन्धित सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुडी समुदायका व्यक्तिहरूबीच मैत्रीपूर्ण एंव पारस्परिक सम्बन्ध कायम गरी आपसी सहयोग र समझदारीको विकास गर्ने तथा सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत क्षेत्रको विकास, उन्नयन र कल्याणका लागि सुडी समाज काठमाडौँ २०५८ सालमा स्थापन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आग्रह गणतन्त्र विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैनः मन्त्री गुरुङ पूर्वराजाको राजावादी नेताहरूसँग लन्च मिटिङ रविको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा,कहिले आउँछ आदेश पेस्तोल र गोलीसहित दुई जना पक्राउ ‘मुलुकको आवश्यकता र जन अपेक्षाअनुसार बजेट’ राष्ट्रिय स्वतन्त्र पार्टीले जेठ २३ गतेबाट जनयात्रा सुरू गर्ने,जनयात्रा झापाबाट सुरू हुने पर्यटन प्रवर्द्धनमा राससको फोटो पुस्तक उपयोगीः पर्यटनमन्त्री पाण्डे युक्रेनी ड्रोन हमलाले मस्को विमानस्थलको उडान अवरुद्ध मन्त्री फेरिनु नियमित प्रक्रिया हो,नआत्तिनुस् सबैको पालो आउँछ: डा. सीके राउत गाजामा लगभग ९० वटा सहायता ट्रक पठाइयो : राष्ट्रसङ्घ काठमाडौँमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’ सुरू ‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’ रवि र छविको बन्दीप्रत्यक्षीकरणको रिटमा सरकारी वकिलको बहस अन्तिम चरणमा परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता सङ्क्रमणकालीन न्याय पीडितको सन्तुष्टिमा केन्द्रित हुनुपर्छ: मानव अधिकार आयोग चोरी गरिएका मोबाइलसहित ८ जना पक्राउ दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि,२ दिन म्याद थप सर्वोच्चमा रविका कानुन व्यवसायीले भने: अनुसन्धानन नै नगरी रविमाथि मुद्दा चलाइयो भारतमा दुई जना पाकिस्तानी गुप्तचर एजेन्ट पक्राउ,जसमध्ये एक जना नेपाली पाकिस्तानी एजेन्टको रूपमा कार्यरत